जापानमा औषधीय प्रयोगको लागि गाँजा उत्पादन र प्रयोगमा कानुनी मान्यता
टोकियो : जापानी संसद (आहार) ले बुधवार भांगबाट बन्ने औषधिहरूको चिकित्सकीय प्रयोगलाई वैधानिक बनाउन कानूनलाई अनुमोदन गरेको छ। औषधीय प्रयोजनका लागि बाहेकको प्रयोगलाई भने अपराधीकरण गरेको छ ।
त्यस्तै मेडिकल प्रयोजनका लागि गाँजा खेती गर्न पनि अनुमति दिएको छ।
जापानको माथिल्लो सदन (नेशनल डाइट) ले बुधबार संशोधित भाङ र मादक पदार्थ नियन्त्रण कानून पारित गरेको छ। जुन घोषणा भएको एक वर्षभित्र लागू हुनेछ ।
संशोधित कानून अनुसार, भाङ र ‘टेट्राहाइड्रोकानाबिनोल (टीएचसी)’, बोटमा पाइने एक मनोवैज्ञानिक रसायन हो। यसको लागुऔषधको रूपमा गरिने दुरुपयोगलाई भने प्रतिबन्ध लगाइनेछ ।
जापानले पहिले नै गाँजा राख्न र वितरण गर्न प्रतिबन्ध लगाएको छ। उक्त कानून उल्लङ्घन गरेमा सात वर्षसम्मको जेल सजायको व्यवस्था गरेको छ ।