एनसेलको शेयर खरिद-बिक्री प्रकरण : निरन्तर छलफलमा सत्ता गठबन्धनका शीर्ष नेता

एनसेलको शेयर खरिद-बिक्री प्रकरण : निरन्तर छलफलमा सत्ता गठबन्धनका शीर्ष नेता
सुन्नुहोस्

काठमाडौं  : सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच बुधबार पनि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता हो। उनीहरूबीच अर्थतन्त्र, एनसेल शेयर खरिद बिक्री र समसामयिक राजनीतिक  विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्रमाथि वर्तमान गठबन्धनले निरन्तर हमला गरिरहेको बताउँदै आएका छन्। एमालेले तय गरेको 'झुलाघाट बैतडी चिवा भञ्ज्याङ पाँचथर समृद्धिका लागि संकल्प यात्रा' का क्रममा बुधबार रुकुमपूर्व पुगेका ओलीले गठबन्धन सरकारका कारण अर्थतन्त्र डामाडोलको अवस्थामा पुगेको आरोप लगाए।

ओलीका अनुसार गठबन्धनको सरकारबाट जनतामा निराशा छाएको छ । देशको अस्थिर राजनीति र अराजकताले जनताको दैनिकी दयनीय भइरहेको उनले दावी गरे। ओलीले वर्तमान गठबन्धन सरकारले विकास निर्माण र राजस्व उठाउन नसकेको जिकिर गरे।

यता प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ। समितिले एनसेलका विषयमा छलफल गर्न  प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै बोलाउने निर्णय गरेपछि उनले छलफललाई तीब्र बनाएका हुन्। 

एनसेलले शंकास्पदरुपमा शेयर खरिद बिक्री गरेको भन्दै सर्वत्र आलोचना र बहस भइरहेको छ। एनसेलको कारोबार अपारदर्शी र संशयपूर्ण रहेकाले अनुसन्धान गर्नुपर्ने र निचोडमा पुग्नुपर्ने भएकाले सेयर खरिद बिक्री रोक्नेर अनुसन्धान गर्नुपर्ने अर्थ र सार्वजनिक लेखा समितिले समेत ठहर गरेको छ। सरकार र गठबबन्धनको संरक्षणमा एनसेलले नयाँ प्रपञ्च रचेको आरोप लाग्न थालेपछि मंगलबार पनि सत्ता गठबन्धनको शीर्ष नेताबीच छलफल भएको थियो।  कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा मुलुकको कानुनअनुसार एनसेल खरिद बिक्री नभएको भन्नेमा नेताहरूबीच समझदारी बनेको बताए। ‘सेयर खरिद बिक्रीको कुरा शंकास्पद रहेकाले छानबिन गरिनुपर्छ भन्नेमा सबै नेताहरूले जोड दिनुभयो,’ लेखकले भने । 

छलफलपश्चात सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री रेखा शर्माले विज्ञप्ति जारी गर्दै एनसेलका विषयमा छानबिन गर्ने जानकारी दिएकी छन्। नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने एनसेलको कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले समेत निर्देशन दिइसकेको उनले उल्लेख गरेकी थिइन्। 

आजियाटाले बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई आफ्नो स्वामित्व बेचेको थियो। कम्पनीमा सतिशलाल आचार्य र डेन्टन्स सेक्रेटरिजको संयुक्त स्वामित्व छ। आचार्य सिंगापुरमा बस्ने नेपाली व्यवसायी हुन्। एनसेलको बाँकी स्वामित्व आचार्यको कम्पनी सुनिभेरा क्यापिटल भेन्चरसँग छ।

आजियाटा समूहले तीन दिनअघि मात्र एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको थियो। सोही सेयर स्पेक्ट्रलाइट यूकेले ५० मिलियन अमेरिकी डलरमा खरिद गरेको हो। शुक्रबारको विनिमय दरअनुसार ६ अर्ब ६५ करोड ७० लाख रुपैयाँमा किनबेच भएको हो।

एनसेलको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेर आजियाटा सन् २०१६ मा नेपाल भित्रिएको थियो। गत बुधबारमात्रै आजियाटा ग्रुप बहार्डले सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो। दूरसञ्चार सेवा प्रदायक एनसेलको लाइसेन्स अवधि ६ वर्ष बाँकी छ। दूरसञ्चार ऐन, २०५३ अनुसार विदेशी कम्पनीसँग स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायकको लाइसेन्स अवधि २५ वर्ष पुगेपछि स्वामित्व सरकारको हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.