चीनको बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो

चीनको बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
इटालिकी प्रधानमन्त्री जर्जिया मेलोनी।
सुन्नुहोस्

चीनको विशाल बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआइ) पूर्वाधार पहलबाट इटाली औपचारिक रूपमा पछि हटेको छ ।

इटालियाली पत्रिका ‘कोरिएरे डेला सेरा’का अनुसार लामो समयदेखि अपेक्षित बीआरआइ पूर्वाधार परियोजनासम्बन्धी निर्णयबारे तीन दिनअघि बेइजिङलाई जानकारी गराइएको थियो ।

इटालियन सरकारी स्रोतले एएफपीसँग भन्यो, 'रोमले ‘राजनीतिक संवादका च्यानलहरू खुला राख्ने’ तरिकाले यस्तो गरिएको हो भन्ने बाहेक विस्तृत विवरण नदिइकन पछि हटेको पुष्टि गरिएको छ ।' 

गत वर्ष सत्तामा आउनुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले अघिल्लो सरकारले सन् २०१९ मा परियोजनामा सामेल हुने निर्णय गर्नु ‘गम्भीर गल्ती’ भएको बताएकी थिइन्। 

आलोचकहरूले ट्रिलियन डलरको लगानी योजनालाई राजनीतिक प्रभाव किन्ने उद्देश्यले गरिएको शिकारी ‘ट्रोजन हर्स’ को रूपमा उल्लेख गरेका छन् ।  

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले गत सेप्टेम्बरमा भनेका थिए, 'बीआरआइ सदस्यताले हामीले अपेक्षा गरेअनुसारको परिणाम दिन सकेको छैन ।'

इटालीले यस वर्षको अन्त्यसम्ममा बहिर्गमन नगरेसम्म यो सम्झौता मार्च २०२४ मा स्वतः नवीकरण हुने थियो । मेलोनीले सेप्टेम्बरमा दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै रोमले चीनसँगको सम्बन्धमा कुनै सम्झौता नगरी यो परियोजना छोड्नसक्ने बताएकी थिइन् । 
 
बीआरआइ चीनका राष्ट्रपति सी जिनफिङले अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीति वा कार्यक्रम हो। विश्वमा पूर्वाधार विकास र लगानीका लागि अघि सारिएको चीन सरकारको यस पहलमा एसिया, युरोप, अफ्रिका, मध्य पूर्व र अमेरिका क्षेत्रका गरी विश्वका १५२ देश र अन्तर्राष्ट्रिय सङ्गठन आबद्ध छन्। 

यसलाई प्राचीन तथा मध्ययुगीन व्यापारिक मार्गहरूको सञ्जालको आधुनिक संस्करणका रूपमा समेत लिने गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.