जाजरकोट र रुकुममा एमालेले निर्माण गर्‍यो ८१३ अस्थायी आवास

जाजरकोट र रुकुममा एमालेले निर्माण गर्‍यो ८१३ अस्थायी आवास
सुन्नुहोस्

जाजरकोट : नेकपा (एमाले) का स्वयंसेवकहरूले जाजरकोट भूकम्प प्रभावितका लागि ८१३ वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेका छन्।

बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट ध्वस्त भएका जाजरकोट र रुकुमपश्चिम जिल्लाका ८१३ वटा निजी आवास र १६ वटा अस्थायी विद्यालयको निर्माण गरेको प्रभावित क्षेत्रमा खटिएका एमाले केन्द्रीय विपत व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख किरण पौडेलले जानकारी दिए।   उनले ५०३ वटा भग्नावेशनसमेत व्यवस्थापन गरेको बताए।

कात्तिक १८ गते एमालेका उपमहासचिव विष्णु रिमालले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए। लगत्तै बसेको पार्टीको सचिवालय बैठकले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो। संयोजक पौडेलका अनुसार कात्तिक १८ गतेदेखि नै पार्टीको जिल्ला कमिटी, विद्यार्थी र युवाहरू उद्धार, खोज र राहतमा लागेका हुन्।

‘हाम्रो अभियान जारी छ ,त्रिपाल मुनी चिसो रात गुजार्न बाध्य हजारौं मध्ये ८१३ परिवारलाई छाना भित्र छिराउने काम सम्पन्न गर्दै स्थानीय दुई जिल्लाका पार्टी नेतृत्वलाई अभियान हस्तान्तरण गरेका छौं।’null

संयोजक पौडेलले भने,‘हामी जस्ता पाता र न्यानो लुगाहरु संकलन गर्दैछौ, भर्खर मात्र अमेरिकाबाट महेश श्रेष्ठले १२ बन्डल जस्ता पाता सहयोग गर्ने जनाउनु भएको छ। यसैगरी आउने सम्पूर्ण सहयोग हामी प्रभावित स्थानमा पठाउने छौं र हाम्रा स्वयमसेवकहरुले त्यस अनुरुपको श्रमदान गर्नुहुनेछ।’
भौतिक संरचनाको खोज, उद्धार र पुनःनिर्माणको काम गर्ने दौरानमा स्थानीय जनता र पार्टीलाई भार नपर्ने गरेर आफैंले व्यवस्थापन गरेको जानकारी दिए। उनले भने ‘यहाँ हामीले धेरै गरेका छैनौं तर केहि काम भने गरेका छौं। जाजरकोट र रुकुमपश्चिममा भवन र भौतिक संरचना मात्रै होइन, हरेक मान्छेका मन पनि क्षतविक्षत छन्। विपदले विक्षिप्त भएका मनमा थोरै भए पनि खुशी ल्याउने काम गरेका छौं। यो बीचमा खुला आकाशमुनि भोको पेटमा, हप्तौं ननिदाएका  आँखाहरूमा निद्रा ल्याउने काम गरेका छौं।’ null

आफूले कहिल्यै पनि एमाले पार्टीको पहिचान नदिएको बताउँदै पौडेलले काम गर्ने सन्दर्भमा अरु पार्टीसँग कहिल्यै होडबाजी नगरेको दाबी गरे। नेपाली कांग्रेसको पार्टी कार्यालयदेखि सहारा खोजिरहेका नागरिकलाई विभेद नगरी सेवा प्रवाह गरेको त्यहाँ खटिएका स्वयम् सेवकहरूले बताएका छन्। 

दुई हजार अस्थायी टहरा निर्माणको लक्ष्य लिएको एमालेले बाँकी निर्माणको काम जाजरकोट र रुकुम पश्चिम जिल्लाको पार्टीले नेतृत्व लिने उल्लेख गरे। विभिन्न जिल्लाबाट खटिएका स्वयम्सेवकहरूलाई बिदाई गर्दै स्वयम्सेवक टोलीका संयोजक पौडेलले निर्माणको कामको जिम्मेवारी पार्टीका जाजरकोट जिल्ला इन्चार्ज खेमबहादुर शाही र रुकुम पश्चिमका अध्यक्ष नन्दराज देवकोटालाई हस्तान्तरण गरेका हुन्। nullnull


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.