प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायकसमेत रहेकी लाउबाचर बालुवाटारमा पुगेकी थिइन् ।
प्रधानमन्त्रीको सचिवालयको सचिवालयका अनुसार उनीहरुबीचको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्ध र द्विपक्षीय पारस्परिक हित र सहकार्यको विषयमा छलफल भएको छ ।
बुधबार काठमाडौं आएकी उनले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेकी थिइन्।