सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयका अनुसार अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो।

बैठकमा नियमित काम कारबाही, सेनाको रथी बढुवा र एनसेलको शेयर खरिद बिक्री लगायतको विषयमा छलफल हुनेछ।  बैठकले एनसेलको विदेशमा भएको खरिद बिक्रीबारे छानबिन गर्न समिति गठन गर्ने सम्भावनासमेत रहेको छ।  

गुपचुप रूपमा अपारदर्शी सेयर किनबेच गरेको भन्दै एनसेलको विषयमा यतिबेला सदनदेखि सडकसम्म तातेको छ। सत्तारुढ गठबन्धनदेखि संसदीय समिति, लेखा समिति र अर्थ समितिको छलफलपछि छानबिन गर्नुपर्ने औंल्याइएको छ। समिति बैठकले एनसेलका विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै बोलाउने निर्णय गरेको छ। 

अर्कोतर्फ एनसेलले सेयर खरिद बिक्री चलखेल गरेर कर छली गरेको भन्दै विद्यार्थी संगठनहरूले विरोध तथा सडक आन्दोलन गरेका छन्। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको कम्पनी आजियाटाले जालसाझी रूपमा बिक्री गरेकाले अहिले यो विषय विवादित बनेको हो।

आजियाटाले बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई आफ्नो स्वामित्व बेचेको थियो। कम्पनीमा सतिशलाल आचार्य र डेन्टन्स सेक्रेटरिजको संयुक्त स्वामित्व छ। आचार्य सिंगापुरमा बस्ने नेपाली व्यवसायी हुन्। एनसेलको बाँकी स्वामित्व आचार्यको कम्पनी सुनिभेरा क्यापिटल भेन्चरसँग छ। आजियाटा समूहले तीन दिनअघि मात्र एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको थियो। सोही सेयर स्पेक्ट्रलाइट यूकेले ५० मिलियन अमेरिकी डलरमा खरिद गरेको हो। शुक्रबारको विनिमय दरअनुसार ६ अर्ब ६५ करोड ७० लाख रुपैयाँँमा किनबेच भएको हो।

एनसेलको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रुपैयाँँमा किनेर आजियाटा सन् २०१६ मा नेपाल भित्रिएको थियो। बुधबारमात्रै आजियाटा ग्रुप बहार्डले सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो। दूरसञ्चार सेवा प्रदायक एनसेलको लाइसेन्स अवधि ६ वर्ष बाँकी छ। दूरसञ्चार ऐन, २०५३ अनुसार विदेशी कम्पनीसँग स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायकको लाइसेन्स अवधि २५ वर्ष पुगेपछि स्वामित्व सरकारको हुनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.