‘अर्थतन्त्रमा रक्तसञ्चार पैदा गर्न लागिरहेका छौं’

समाजमा नकारात्मक प्रवृति बढ्यो, त्यो ओरालो यात्रा मात्र हो : प्रचण्ड

समाजमा नकारात्मक प्रवृति बढ्यो, त्यो ओरालो यात्रा मात्र हो : प्रचण्ड
तस्बिर : प्रधानमन्त्री सचिवालय

‘आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहेनत गर्नुपर्ने परिस्थिति हाम्रा सामु छ।’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर निरन्तर प्रयास गरिरहेको दाबी गरेका छन्। बिहीबार दिउँसो काठमाडौंमा आयोजित रेस्पोन्सेवल विजनेश समिटमा  सम्बोधन गर्दै उनले कोप-२९ मा भाग लिन जाँदा युएईमा पनि आफूले नेपालमा लगानी गर्न आग्रह गरेको जानकारी दिए। 

‘उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा मैले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको छु।’उनले भने,‘सरकारले यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध छ। सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको छ। तर यसका लागि व्यवसाय र समाज सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्दछ।’ 

उनले अर्थतन्त्रमा रक्तसञ्चार पैदा गर्न  आफू लागिरहेको उल्लेख गरे। अ‘र्थतन्त्रको क्षेत्रमा विद्यमान दवावलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु। केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत अन्तरक्रिया गरेको छु।  अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।’ प्रधानमन्त्री प्रचण्डले भने,‘तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ। तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हाम्रा सामु छ। त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु।’

उनले प्रत्येक विषयलाई नकरात्मक धारणामात्र आएकाले प्रगति हुन नसकेको दाबी गरे। नकरात्मक ओरालो यात्रा मात्र हुने दाबी गरे। उनले आशा विना कुनै पनि राष्ट्रले विकास हुन नसक्ने दाबी गरे।

उनले भने,‘अहिले समाजमा एउटा प्रवृत्ति छ। हरेक कुरामा नकारात्मकता। प्रत्येक कुरालाई नकरात्मक बनाउने प्रयास एकथरी मान्छेहरुले गरेका छन्। यसले देशको कहिले पनि प्रगति गर्न सक्दैन। त्यो ओरालो यात्रा मात्र हुनेछ।’ 

प्रचण्डले शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिने विश्वास व्यक्त गरे। उनले भने, ‘सरकार राष्ट्रिय व्यावसायिक पहललाई आवश्यक सहयोग र साझेदारीका लागि प्रतिबद्ध रहेको विश्वास दिलाउँछु।’

उनले मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय जिम्मेवार भएर लाग्नु आवश्यक भएको उल्लेख गरे। उनले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह समेत गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.