ओलीले गरे मुसिकोट नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

ओलीले गरे मुसिकोट नगरपालिकाको प्रशासकीय भवन उद्घाटन
गुल्मीको मुसिकोट नगरपालिकाको लिफ्टसहितको अत्याधुनिक प्रशासकीय भवनको उद्धाटन गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकाले विगत सात वर्ष भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको थियो। नगरपालिकाले प्रत्येक वर्ष नौ लाख ५८ हजार आठ सय भवन भाडामा खर्चिनु पथ्र्यो। तर, अहिले मुसिकोट नगरपालिको अत्याधुनिक प्रशासकीय भवन निर्माण भएको छ। 

बुधबार नवनिर्मित प्रशासकीय भवनको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्गहुँदै गुल्मीको वामीटक्सारमा आयोजित बृहत् जनसभा कार्यक्रमको सम्बोधन गर्न आएका अध्यक्ष ओलीले मुसिकोट नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका हुन्।

प्रशासकीय भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जनताको चाहना र आवश्यकतालाई मध्यनजर गरेर सुविधा सम्पन्न भवन निर्माण गरिएको बताए।  ओलीले जनताका आवश्कता धेरै छन् त्यसको मध्यनजर गरेर सबै नागरिकलाई विना विभेद सेवा प्रवाह गर्न नगरपालिकालाई आग्रह गरे। 

null

१८ रोपनी १४ आना क्षेत्रफलमा निर्माण गरिएको चार तल्ले भवनमा  दुई वटा मिटिङ्ग हल, एउटा सेमिनार हल, ३९ कोठा, ठुलो पार्किङ्ग क्षेत्र रहेको मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले जानकारी दिए।  

भवन निर्माणको लागि १५ करोड, ३० लाख, ६५ हजार, आठ सय पाँच रुपैयाँ खर्च भएको छ। आठ करोड ४८ लाख ११ हजार, चार सय २० रुपैयाँमा श्रेष्ठ महादेव खिम्ती जेभीले निर्माण गरेको हो। 

लिफ्टसहितका अत्याधुनिक प्रशासकीय भवन निर्माण भएलगत्तै भाडाको बचत तथा नागरिकलाई सेवा प्रवाहमा सहज हुने विश्वास रहेको नगरप्रमुख जीबलाल खरेलले बताए। मुसिकोट नगरपालिका गुल्मीले नवनिर्मित अत्याधुनिक प्रशासकीय भवन निर्माण गर्ने निर्माण व्यावसायी र निशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान गरेको छ। एक कार्यक्रमका बीच नगरपालिकाले लोकबहादुर पन्थ , हरिलाल सापकोटा,सीता सापकोटा,टीकाराम सापकोटाले,नरबहादुर काफ्ले र शोभाखर सापकोटा सम्मानित  गरेको हो।

त्यस्तै नगरपालिकाले भवन निर्माण गर्ने श्रेष्ठ महादेव खिम्ती जेभीका संचालक हरीकुमार श्रेष्ठलाई समेत सम्मान गरेको छ। भवनका लागि आवश्यक ६ रोपनी, १५ आना जग्गा ९० लाख २६ हजार रुपैयाँमा खरिद गरेको नगरपालिकाले जनाएको छ।  

भवन निर्माणमा सहयोग गर्ने जग्गादाता,निर्माण व्यावसायी लगायत मुसिकोट बासीलाई धन्यवाद दिँदै नगरप्रमुख जीवलाल खरेलले जनताको सेवा नयाँ प्रशासकीय भवनबाट छिटो र छरितो गरेर दिने बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.