लिचीका फेदमा लोकल कुखुरापालन

लिचीका फेदमा लोकल कुखुरापालन
सुन्नुहोस्

गोरखा : काठमाडौंका व्यवसायी फणीन्द्र पाण्डे अर्गानिक खाना अभियानमा लागेको धेरै भयो। उनी आफू पनि स्वस्थ खाना खाने, अरूलाई पनि स्वस्थ खुवाउने र स्वस्थ्य जीवन बाँच्ने उद्देश्यमा लागिपरेका छन्। 

उनी बजारका मिसावटयुक्त खानाले उपभोक्तालाई अस्वस्थ बनाएको र अर्गानिक खाना अभियानमा योगदान गर्नुपर्छ भन्ने सोचका व्यक्ति हुन्। उनले ठमेलमा ग्रिन अर्गानिक क्याफे चलाए भने राजदरबारको उत्तरढोकामा वेलनेस अर्गानिक क्लब पनि सञ्चालन गरे। त्यसपछि, लोकल कुखुरा र माछापालन गर्ने भनेर योजना अघि बढाए। 

उनले ठमेलमा पर्यटन, होटल, रेस्टुरेन्ट व्यवसाय गरी बस्ने सन्तोष चापागाईं र सर्वकल्याण कँडेलसँग सहकार्य गरी गोरखाको पालुङटार– ६ लामबगैंचाको ७० रोपनी जग्गा जोरजाम गरे। त्यसमध्ये ४० रोपनी क्षेत्रफलमा यसअघि नै जग्गाधनीले पाँच सय बोट लिची खेती गरेका थिए। लिचीको बगैंचामा लोकल जातको कुखुरा छोडेर पाल्ने योजना बनाए। अहिले त्यहाँ १० हजार लोकल कुखुरा पालिएका छन्। ‘स्वस्थ, गुणस्तरीय मासु र अन्डा उत्पादन गर्ने लक्ष्य राखेर हामीले लोकल कुखुरा पालेका छौं,’ चापागाईंले भने, ‘हामीले १३ ब्लक बनाएका छौं। कुनैमा कुखुरा त  कुनैमा घाँसखेती गरेका छौं। त्यो घाँस कुखुरालाई दिन्छौं। १२ पोखरी पनि बनाएका छौं। पोखरीमा कुखुराको पौष्टिक तŒवका लागि एजोला रोपेका छौं।’ बाँकी ३० रोपनी जग्गामा अम्बाखेती गरेको र पछि त्यहाँ पनि कुखुरापालन गर्ने उनले सुनाए। लिची, अम्बाको फेदमा कुखुरा रमाएर चर्ने, लिची र अम्बा उत्पादन पनि राम्रो हुने अनुमान उनीहरूको छ।

सात करोड रुपैयाँ लगानीमा सञ्चालन गरिएको गोर्खाल्यान्ड एग्रिकल्चर प्रालि नामको उक्त फर्ममा १ हजार २ सय बट्टाई पनि पालेका छन्। कुखुराका चल्ला पोखराको भेंडीफर्मबाट ल्याउने गरेको उनले बताए। ‘न्यु हेम्पसायर र ब्ल्याक स्ट्रालोप जातका कुखुरा हुन्। ६ महिनाबाट अन्डा पार्न सुरु गर्छ। एक वर्षसम्म अन्डा पार्न दिन्छौं। त्यसपछि ती कुखुरा मासु प्रयोजनका लागि बेच्छौं। अन्डा र मासु भाटभटेनी सुपरमार्केट र हाम्रा वेलनेस क्लब, रेस्टुरेन्टमा खपत हुन्छन्।’ अहिले दैनिक २५ सय अन्डा उत्पादन हुने गरेका छन्। दैनिक २० हजार अन्डा उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको चापागाईंले बताए। ‘दैनिक २० हजार अन्डा उत्पादन गर्न ४० हजार कुखुरा पाल्नुपर्छ,’ उनले भने। आफू पनि स्वस्थ खाना खाने, अरुलाई पनि स्वस्थ खाना खुवाउने र जीवन बाँच्ने उद्देश्यका साथ यस फर्म स्थापना गरिएको चापागाईंको भनाइ छ। गोरखामा कुखुरापालन गरिएको र झापामा माछापालन गरिएको उनले बताए। ‘जति उत्पादन गरे पनि मार्केटका लागि कुनै समस्या छैन। त्यो वातावरण हामीले बनाएका छौं’, उनले भने। कुखुरा फर्ममा स्थानीय सात जनाले रोजगारी पनि पाएका छन्। कुखुरा फर्ममा पानीको अभाव, चितुवा, स्याल र वन बिरालोलगायतका जंगली जनावरले आक्रमण गरेर समस्या बनाएको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.