पूर्वयुक्रेनी राजनीतिज्ञको मस्कोमा हत्या

पूर्वयुक्रेनी राजनीतिज्ञको मस्कोमा हत्या
सुन्नुहोस्

युक्रेनका संसद् सदस्य इल्या किभाको बुधबार मस्को नजिकैको एउटा होटल पार्कमा साइलेन्सर (आवाज नआउने) हतियारद्वारा हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन्।

अज्ञात आक्रमणकारीले साइलेन्सरसहितको सानो बन्दुकबाट किभाको हत्या गरेका हुन्। समाचार समिति तासका अनुसार उनी बसेको होटलको पार्कमा उनको शव भेटिएको थियो। 

सरकारी आरआईए नोभोस्ती समाचार समितिका अनुसार युक्रेनको रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशनालय (जियुआर) ले किभाको मृत्युको जिम्मेबारी लिएको छ। जियुआरका प्रवक्ता एन्द्रे युसोभले टेलिभिजनमा उनको हत्यायमा जियुआरको संलग्नता स्वीकार गरेका छन्। 

ओडिन्त्सोभो जिल्लास्थित सुपोनेभो गाउँको होटलमा किभाको शव फेला परेपछि मस्को क्षेत्रका अनुसन्धानकर्ताहरूले हत्याको आपराधिक मामिला खोलेका छन्। प्रहरी अधिकारीहरू घटनास्थल पुगेर घटनाको सबै परिस्थिति स्पष्ट गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.