मोरङमा नेपाल-भारतको सीमामा रहेका ३७ सीमास्तम्भको मर्मत सुरू

मोरङमा नेपाल-भारतको सीमामा रहेका ३७ सीमास्तम्भको मर्मत सुरू
तस्बिर : अन्नपूर्ण

काठमाडौं : सरकारको निर्णयअनुसार मोरङमा पनि सशस्त्र प्रहरीले सीमा स्तम्भहरुको मर्मत सम्भार ,रंगरोगन र पुनस्र्थापना गर्ने कार्य सुरु गरेको छ। शुक्रबार विराटनगर महानगरपालिका वडा नं. १८ दामादिगी स्थित १७७ नम्बरको पिलर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मर्मत सम्भार सुरु गरेर सिमा स्तम्भ मर्मत कार्यको शुभारम्भ गरेका हुन्। 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सीमा क्षेत्रको सुरक्षा गर्न स्थानीयको पनि महत्वपूर्ण भूमिका हुने बताए । उनले सिमाक्षेत्रमा हुने गरेको लागुऔषधको ओसारपोसार र मानव बेचबिखन ठूलो समस्या बन्दै गएकाले यसलाई सुरक्षा निकायको समन्वय र स्थानीयको साथबाट समाधान गर्नुपर्ने धारणा राखे।

त्यस्तै,  सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलले स्थानीयको सहयोग बिना सीमा सुरक्षा सम्भव नभएको बताए । उनले देशको शन्ति सुरक्षा र आन्तरिक सुरक्षालाई मजबुद बनाउन राज्याले सिमा सुरक्षालाई बलियो बनाउनुपर्ने जिकिर गरे।

सशस्त्र प्रहरी बल ३ नं कंकालिनी गणले मोरङका ३७ वटा बिजोर नम्बरका पिलरहरु मर्मत सम्भार र रंगरोगन गर्ने जिम्मा पाएको हो । मोरङको भारतसँग रहेको ६३ किलोमिटर सीमा क्षेत्रमा १ सय २३ वटा साना ठूला पिलरहरु रहेकोमा ६५ वटा जोर नम्बरका पिलरहरु भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले मर्मत सम्भार र रंगरोगन गरिसकेका छन् । 

मोरङको सिमाक्षेत्रका २३ वटा पिलरहरु भने हराएका छन्  ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.