मिनिल्याण्ड स्कुलको थाइल्याण्डमा उत्कृष्ट प्रदर्शन

मिनिल्याण्ड स्कुलको थाइल्याण्डमा उत्कृष्ट प्रदर्शन
तस्बिर : मिनिल्याण्ड माध्यमिक विद्यालय
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीस्थित मिनिल्याण्ड माध्यमिक विद्यालयले थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेको छ।  २०२३ नोभेम्बर २४ देखि नोभेम्बर २९ सम्म थाइल्याण्डमा आयोजित  थाइल्याण्ड अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै मिनिल्याण्डले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो।

कार्यक्रममा नेपालसहित भारत, इन्डोनेसिया, पोल्याण्ड, बुल्गेरिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्याण्ड, किर्गिस्तान, हंगेरी, लाओसलगायत १८ वटा देशहरू सहभागी थिए।

मिनिल्याण्डका  विद्यार्थीहरूले थाइल्याण्डका विभिन्न  सहरहरूमा नेपाली संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए।

बैंकक नजिकको सहर नोंथाबुरीको रेउनलाडामा आयोजित पहिलो शोमा मिनिल्याण्डले तामाङ सेलो प्रस्तुत गरेको थियो। उक्त कार्यक्रमपछि सहभागी देशहरूका कलाकारहरूलाई बैंककको प्रख्यात कन्सर्ट थियटर शो डीसीमा थाई गायिका डा. युई शिखाकुराको एकल सांगीतिक शोमा भव्य स्वागत गरिएको थियो। 

null

कॊरात प्रदेशको स्थानीय लुआंग पो चोक  गुम्बामा भएको कार्यक्रममा मिनिल्याण्डका विद्यार्थीहरूले राष्ट्रिय झण्डा र गीतसहित परेडमा भाग लिनुको साथै नेपाली लोक नृत्य समेत प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा प्रदेश प्रमुख, नगरपालिका प्रमुख, भिक्षुहरू, प्रहरी, सेनाका विशिष्ट व्यक्तिहरूको उपस्थिति  थियो।  

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष जयराम वाग्लेले  विश्व शान्तिको कामना गर्दै आफ्नो मन्तव्य राखेका थिए।  हरमिटेज होटलमा साँझमा भएको कार्यक्रममा विद्यार्थीहरूले मेचे नाच प्रस्तुत गरेका थिए।  यस्तै , शिखोराफुम जिल्लाको ल्नबलनपगबलन  स्कुलमा आयोजित अर्को सांस्कृतिक कार्यक्रममा पनि नेपालको तर्फबाट दुईवटा नृत्य प्रस्तुत गरिएको थियो। यी दुवै नृत्यहरूले दर्शकको मन जितेको थियो ।

सोही अवसरमा विद्यार्थीहरूले थाइल्याण्डको सबै ठाउँमा मनाइने लाई क्राथोङ्ग पर्वमा भाग लिनुका साथै सुरिन प्रदेशमा अवस्थित हात्ती केन्द्रको समेत अवलोकन गरेका थिए । विद्यार्थीहरूले  पत्तैयाको समुद्री तटमा पनि रमाइलो गर्ने मौका पाएका थिए।  

उक्त कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने मिनिल्याण्ड स्कुलका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए। उनीहरूले नृत्यमार्फत  Excellence Award, ३ वटा Golden Elephant Award र Diamond of Asia Award  पाउन सफल भए।

विद्यालयका नृत्य शिक्षक रबिन रिजाल उत्कृष्ट नृत्य निर्देशकको रूपमा  International Leadership Award बाट सम्मानित भएका थिए। कार्यक्रममा १७ जना विद्यार्थी र ३ जना शिक्षक सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.