यु-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

यु-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य
तस्बिर : क्यान

काठमाडौं : यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबईको आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले ४७.२ ‌ओभरमा अलआउट हुँदै १५२ रनमात्र बनाउन सक्यो।

नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए। ७६ बल खेलेका उनले ३ चौका र एक छक्कासहित अर्धशतक प्रहार गरेका हुन्। त्यस्तै दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

युवा टोलीका कप्तान देव खनाल शून्य रनमै आउट भए भने राष्ट्रिय टोलीको समेत प्रतिनिधित्व गर्दै आएका गुल्शन झा १ रनमै पेभेलियन फर्किएका थिए। नेपाललाई सस्तैमा आउट गर्न पाकिस्तानका मोहम्मद जिसानले सर्वाधिक ६ विकेट लिए। ९.२ ओभर बलिङ गरेका उनले १९ रनमात्र खर्चेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.