विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री साउदले गरे इजरायली प्रतिनिधिलाई टेलिफोन

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री साउदले गरे इजरायली प्रतिनिधिलाई टेलिफोन
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका प्रतिनिधिसँग टेलिफोन वार्ता गरेका छन्। मन्त्री साउदले शुक्रबार दिउँसो इजरायलका Gal Hirsch सँग टेलिफोन वार्ता गरेका हुन्। Gal Hirsch इजरायल हमास युद्धका क्रममा बन्धक बनाइएका र हराइरहेकाहरूको समन्वयकर्ता हुन्।

मन्त्री साउदले नेपाली विद्यार्थी विपिन जोशीका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्। उनका अनुसार मन्त्री साउदले विपिनको वर्तमान अवस्थाबारे बुझेका थिए।

मन्त्री साउदले विपिनको सुरक्षा सुनिश्चत गरिदिन र यथाशिघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। विपिनलाई हमासले बन्धक बनाएको यसअघि नै इजरायलको रक्षा मन्त्रालयले जानकारी दिएको छ। उसले भिडियो जारी गर्दै विपिन हमासको कब्जामा रहेको बताएको थियो।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विपिनका परिवारसँग छलफल गरेका छन्। पार्टीको कार्यक्रमका लागि धनगढी पुगेका प्रधानमन्त्री दाहालले धनगढी विमानस्थलमा विपिन जोशीका बुबा आमासँग भेट गरेका हुन्। भेटमा पीडित परिवारले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। प्रधानमन्त्री दाहालले सरकारले सक्दो प्रयास गरिरहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.