महिला तथा बालबालिका विभाग खारेज
![महिला तथा बालबालिका विभाग खारेज](https://annapurnapost.prixacdn.net/media/albums/cabinet1_xOpCvncOku_TBxRl0UjPV.jpg)
काठमाडौं : सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद प्रशासन समितिबाट पेश भएको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद बैठकले राष्ट्रपति कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
यसैगरी बैठकले मन्त्रिपरिषद विधेयक समितिबाट पेश भएको नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)