खर काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु
जाजरकोट : जाजरकोटमा अस्थायी टहरा बनाउन खर काट्न गएकी एक महिलाको भीरबाट लडेर ज्यान गएको छ।
भूकम्पले घरमा क्षति भएपछि त्रिपालमा बस्दै आएकी नलगाड नगरपालिका-१० कि ३४ वर्षीया रमिता भण्डारीको भीरबाट लडेर ज्यान गएको स्थानीय किशोर मल्लले जानकारी दिए।
उनका अनुसार अस्थायी आवास निर्माणका लागि जंगलमा खर काट्न गएको बेला शुक्रबार दिउँसो लडेर ज्यान गएको हो। उनी भीरबाट करीब दुई सय मिटर तल खसेकी थिइन्।