भ्रष्टाचारविरुद्ध नेपालगन्जमा वाकाथन
![भ्रष्टाचारविरुद्ध नेपालगन्जमा वाकाथन](https://annapurnapost.prixacdn.net/media/albums/Nepalgunj-Wakathan-2080-5_aFnRYK09bO_xBPOwpF1BT.jpg)
नेपालगन्ज : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालगन्जमा पैदल यात्रा गरिएको छ । शनिबार बिहान नेपालगन्जमा तेस्रो वाकाथन आयोजना गरिएको हो ।
भ्रष्टाचार विरुद्धका लागि सँगै हिँडौं भन्ने मूल नारासहित गणेशमान चोकबाट नेपालको राष्ट्रिय झण्डा र भ्रष्टाचारविरोधी गीत बजाउँदै सयौंको संख्याका नागरिक अगुवा, सामाजिक अभियन्ता, सुरक्षाकर्मी, विद्यार्थी, खेलाडीलगायतले वीपी चोक हुँदै धम्बोझी चोकसम्म झण्डै एक किलोमिटर पैदल यात्रा गरेका थिए ।
विभिन्न क्षेत्रका ब्यक्तिले वाकाथनमा ऐक्यबद्धता जनाएका थिए । बास नेपालले सन् २०२१ बाट हरेक वर्ष वाकाथन आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)