पाहुना बनेर आयो ‘स्वेतमाथा कलहाँस’

पाहुना बनेर आयो ‘स्वेतमाथा कलहाँस’
भक्तपुरको हनुमन्ते खोला क्षेत्रमा भेटिएको कलहाँस। पन्छीविज्ञ सञ्जय था श्रेष्ठ
सुन्नुहोस्

भक्तपुर : साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज काठमाडौं उपत्यकामा भेटिन थालेका छन्। पछिल्लो साता भक्तपुरका विभिन्न स्थानमा यो चरा फेला परेको पन्छी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले बताए। भने, ‘काठमाडौं उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा कलहाँस भेटिएको हो। यो उपत्यकाको हकमा नयाँ हो।’

कलहाँस नेपालमा पहिलोपटक सन् २००४ मार्च २४ मा देखिएको थियो। त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुइटा कलहाँस भेटिएका थिए। गर्मी मौसममा निकै उचाइमा उडेर बास बस्ने कलहाँस चरा गत वर्ष नारायणी नदी आसपास क्षेत्रमा चारवटा पाइएको थियो। 

यो पन्छी साइबेरिया, रूसलगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा आएको हो। हाँस प्रजातिको कलहाँस थाकेर हनुमन्ते खोलामा आएको अनुमान पन्छी विज्ञको छ। 

रुस, साइबेरियालगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा आइपुगेको बताउने पन्छीविज्ञ डा कमलराज गोसाईं, सुजन श्रेष्ठ र सूर्यमान श्रेष्ठले हनुमन्तेमा यी चराको तस्बिरसमेत कैद गरेका छन्।

कलहाँस हनुमन्तेमा आएपछि हिमालयन नेचर, वर्ड कन्जरभेसन नेपाल र विश्वकै चराहरूको अवस्थाबारे रेकर्ड राख्ने ई–वर्ड नेपालले अभिलेख गरेको उनले बताए। 

यो चरा थाकेपछि केही दिन खोला किनारमा वास बसेर लेउ, किराफट्याङग्रा झारपात खाएर लामो समयसम्म उड्न सक्ने भएपछि गन्तव्यतिर जाने गरेको छ। त्यही भएर लामो समयसम्म उडेर थाकेपछि हनुमन्तेमा आहाराका लागि आएको हुनसक्ने बताइएको छ। यो करिब तीनदेखि चार केजी तौलको हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.