सुक्खा पहिरोले गाउँ नै उच्च जोखिममा

सुक्खा पहिरोले गाउँ नै उच्च जोखिममा
चुमनुब्री ३ देवलगाउँमुनि २० वर्षदेखि झरिरहेको पहिरो । तस्बिर : शिव उप्रेती।

गोरखा : चुमनुब्री गाउँपालिका–३ देवल गाउँ पहिरोको उच्च जोखिममा छ। दिनहुँ गइरहने सुक्खा पहिरोले एक महिनाको अवधिमा चार घर लगिसकेको छ। २३ घर बस्न नमिल्ने गरी चर्किएको र ६५ घर जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। 

‘एक साताअघि म, उपाध्यक्ष, वडाअध्यक्ष, प्रशासकीय अधिकृतलगायतको टिम स्थलगत अध्ययनमा गयौं’, गाउँपालिकाका अध्यक्ष लामाले भने, ‘देवलको ६५ घरधुरीमध्ये हालसालैको सुख्खा पहिरोले चारवटा घर भत्किसकेका रहेछन्। बाँकी २३ घर पनि चर्किएका छन्। पहिरो गाउँ नजिकै पुगिसकेको छ। जताततै जमिनमा धाँजा फाटेको छ। ६५-७० घर नै जोखिममा छन्।’ 

उच्च जोखिममा रहेका २३ घरधुरीलार्ई त्रिपाल वितरण गरेर फर्केको उनले बताए। ‘प्रत्येक घरलार्ई दुई–दुई थान त्रिपाल दियौँं र यथाशीघ्र सुरक्षित ठाउँमा सर्न अनुरोध गरेका छौं’, अध्यक्ष लामाले भने, ‘अब हामी बस्ती स्थानान्तरणका लागि पहल गर्नेछौं।’ पहिरोले जोखिम बनाएर राखेको घरहरू जाजरकोट भूकम्पको धक्काले भत्किएको उनले बताए।

सुक्खा पहिरोले आक्रान्त भएपछि गाउँलेहरूले जनप्रतिनिधिहरूलार्ई गाउँमा बोलाएका थिए। ‘गाउँलेले जनप्रतिनिधि आइदिनुप¥यो भनेर बोलाएर हैरान पारे’, गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले भनिन्, ‘पहिलेदेखि नै पहिरोले दुःख दिइरहेको ठाउँ हो, त्यसैले बोलाएका होलान्। बर्खामा पो पहिराले दुःख दिन्छ, हिउँदमा के दिन्छ भनेर सामान्य हिसाबले सोची बसेको थिएँ, तर धेरैपटक बोलाएपछि हामी टिम नै हेर्न गयौँ। त्यहाँँको अवस्था त एकदम दुःखलाग्दो, बिजोग रहेछ। दसैंयता तीन, चारवटा घर भत्किसकेका रहेछन्। गाउँको जताततै चिरा–चिरा परेर पहिरो जानलार्ई ठिक्क परेर बसेको रहेछ। समय छँदै सुरक्षित ठाउँ खोजेर सर्न भनेर आएका छौं।’ जाडोका बेला त्रिपालभित्र बस्न ती गाउँका बासिन्दालार्ई कठिन हुने उनले बताइन्।

त्यस ठाउँमा विगत २० वर्षदेखि नै पहिरो जान थालेको हो। सो पहिरोले यसअघि तीनवटा टोल लगिसकेको अर्का स्थानीय गणेश कार्कीले बताए। ‘लोक्पा, नुसिला, ब्लासिगाउँ र त्यहाँँको एउटा विद्यालय त त्यो पहिरोले पहिल्यै लागिसकेको हो। त्यहाँँका बासिन्दाहरू सुरक्षित ठाउँ खोज्दै देवल गएर बसेका थिए। त्यहाँँ पनि पहिरो पुग्यो’, कार्कीले भने, ‘पहिरो धेरै ठूलो भएकाले नियन्त्रण गर्न कठिन छ। अब त्यहाँँका बासिन्दालार्ई सुरक्षित ठाउँमा सार्नुको विकल्प छैन।’

गोरखामा भूकम्पयता पटक–पटकको पहिरोले त्यहाँँका दर्जनौं घरधुरी विस्थापित भइसकेको वडाअध्यक्ष रामकुमार गुरुङले जानकारी दिए। पहिरो नरोकिएपछि अहिले गाउँ नै बग्ने खतरा रहेको गुरुङले जानकारी दिए। 

२० वर्षअघि त्यहाँँ रहेको सबै घर पहिरोले लगेपछि विस्थापित १३ घरधुरी अहिलेसम्म पक्की घरमा पुनस्र्थापन हुन नसकिरहेका बेला सोही पहिरो अर्को बस्तीसम्म पुगेको उनले बताए। ‘अहिले सरेको गाउँ पनि पूरै बग्ने खतरामा छ’, वडाध्यक्ष रामकुमार गुरुङले भने, ‘त्यहाँँबाट विस्थापित भएका र जोखिममा रहेकालार्ई सुरक्षित स्थलमा स्थानान्तरण नगरी हुँदैन। त्यसका लागि गाउँपालिका, प्रदेश सरकारको मात्र प्रयासले सम्भव हुँदैन। केन्द्रीय सरकारले नै सहयोग गर्नुपर्छ।’ पहिरोबाट बस्ती जोगाउन केही वर्षअघि गाउँपालिकाले ३० लाख रुपैयाँँ खर्चेर जाली भरेको थियो। सबै तारजालीको पर्खाल पहिरोले नामेट पारेकाले बस्ती सार्नुको विकल्प नभएको गुरुङले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.