प्री ओपन सेसनमा नेप्से परिसूचक १३ अंक बढीले बढ्यो
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक १३.२८ अंकले बढेर १८६६.०६ विन्दुमा पुगेको छ।
यो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६९ अंकले बढ्यो।
प्री ओपन सेनमा ८३ वटा स्टकको ५५ लाख ६ हजार २४ रुपैयाँ बराबरको १९ हजार ५३९ कित्ता सेयर खरिदबिक्री भए।
कारोबारमा आएका स्टकमध्ये ६६ को मूल्य बढेको छ १२ को मूल्य घट्यो। बाँकी ५ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।