प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्।
राजीनामा दिए पनि प्रधानमन्त्रीले स्वीकृत नगरेको स्रोतले बताएको छ। प्रधानमन्त्री दाहालले गजुरेललाई गत माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए। गजुरेलले राजीनामा दिनुको कारण भने खुलाएका छैनन्।