ललितपुरले चितवनलाई ३-१ ले हरायो (फोटो फिचरसहित)
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको खेलमा ललितपुरले चितवनलाई ३-१ ले हराएको हो। चितवनका लागि पापा अबउ केबेले दुई गोल गरे।
उनले १९औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए भने ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए। त्यस्तै विवेक पौडेलले ५७औं मिनेट ललितपुरका लागि गोल गरेका थिए।
त्यस्तै चितवनका लागि रफिक अमिनुले ८९औं मिनेटमा सान्तोना गोल गरेका थिए।