बाला चतुर्दशीको अवसरमा झापाका चार पालिकामा स्थानीय बिदा
झापा : झापाका चार पालिकाले भोलि स्थानीय बिदा दिएका छन्। हिन्दु धर्मावलम्बीहरूको बाला चतुर्दशी पर्वका अवसरमा अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले भोलि बिदा दिएका हुन्।
ती पालिकाहरूले आइतबार सूचना जारी गर्दै भोलि नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालय , शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहने जनाएको छ।
बाला चतुर्दशीको अवसरमा अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम, विराट पोखरी, बाह्रदशी साधुकुटी गौरीशङ्कर शिवालय, मेचीनगरको कृष्ण थुम्कीलगायतका धार्मिक स्थलमा सत्बीज छर्ने भक्तालुहरूको घुइँचो लाग्ने गरेको छ।