सीमावर्ती क्षेत्रमा लुकाएर राखेका खसी-बोका बरामद

सीमावर्ती क्षेत्रमा लुकाएर राखेका खसी-बोका बरामद
सुन्नुहोस्

परासी : नवलपरासी प्रहरीले ७ लाख बढी मूल्य पर्ने खसी बोका र मोबाइलका कभर बरामद गरेको छ । सीमावर्ती भारतीय नाकाबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा दुई छुट्टाछुट्टै स्थानबाट खसी बोका र मोबाइल कभरहरु बरामद भएका हुन् । 

सीमावर्ती भारतीय क्षेत्रबाट ल्याएर सरावल गाउँपालिका– ७ स्थित एक झाडीमा लुकाई राखेको अवस्थामा २६ जिउँदा खसी बोका सोमबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए ।

पक्राउ गरेका खसी बोकाको मूल्य ५ लाख ७२ हजार कायम गरिएको छ । सीमावर्ती भारतीय क्षेत्रहरुबाट खसी बोकालगायतका चौपायहरु स्वास्थ्य परीक्षण बिना नवलपरासी भित्रिने गरेका छन् । 

त्यसैगरी प्रहरीले १ लाख ५० हजार मूल्य पर्ने मोबाइलका कभर बरामद गरेको छ । भारतको ठूठीबारीबाट महेशपुर नाकाहुँदै भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–१ रमपुरवाबाट ६ सय थान मोबाइलका कभर बरामद गरेको हो । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.