संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय सिफारिस
काठमाडौं : प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिवमा सिफारिस भएका छन्। महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई महासचिवमा सिफारिस गरिएको हो।
उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिव नियुक्त गर्न सिफारिस गरेका हुन्।गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई महासचिवमा पाण्डेयलाई सिफारिस गरेको पत्र बुझाएका थिए।
प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षको सिफारिसमा संघीय संसदको महासचिव राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।