भूकम्पले १० करोडको पशुचौपाया क्षति

भूकम्पले १० करोडको पशुचौपाया क्षति
सुन्नुहोस्

जाजरकोट : गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोटमा १० करोड भन्दा बढीका पशुचौपायको क्षति भएको छ। भूकम्पले भत्किएका संरचनाबाट चेपिएर मरेका पशुचौपायाको लागत १० करोडभन्दा बढी रहेको अनुमान गरिएको छ।

नलगाड, भेरी नगरपालिका, बारेकोट, कुशे र शिवालय गाउँपालिकामा ३ सय ६९ जना किसानका पशुचौपाया र गोठहरू नष्ट भई १० करोड ३० लाख ५० हजार ४ सय २२ लागतको क्षति भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जाजरकोटका प्रमुख ज्ञानु कुमार शर्माले जानकारी दिए। भूकम्पले जिल्लाभरि २० वटा गोरु र २० वटा भैंसी मरेका छन्।

त्यसैगरी १ बाच्छी, १ पाडी, २ सय ४० वटा बाख्रा र ६४ वटा पाठापाटी भूकम्पमा पुरिएर मरेका छन्, कार्यालय प्रमुख शर्माले भने, ‘७१० वटा कुखुरा, २३ वटा घरपालुवा कालिज मरेका छन्। ३ सय ६० वटा सुधारिएका पशुगोठहरू भत्किएर नष्ट भएका छन्।’

उनका अनुसार भूकम्पबाट घाइते भएका २ सय ५ जना किसानका २५ वटा गाई÷गोरु, ४८ वटा राँगा÷भैसी, २ हजार ३ सय ४५ वटा भेडा÷बाख्रा र ३ सय ८७ वटा कुखुराको उपचार गरिएको छ। भूकम्पबाट सबैभन्दा बढी नलगाड नगरपालिकामा पशुधनको क्षति भएको छ। 

कार्यालय प्रमुख शर्माले नलगाड नगरपालिकाका २ सय ९४ जना, भेरी नगरपालिकाका १५, शिवालय गाउँपालिकाका ४६, बारेकोट गाउँपालिकाका १३, कुशे गाउँपालिकाका १ जना किसानको पशुधन र सुधारिएका पशुगोठहरू नष्ट भएको जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.