भिजिट र अध्ययन भिसामा गएका झण्डै दुई सय नेपाली रुसी सेनामा भर्ना भएको प्रधानमन्त्रीको दाबी

भिजिट र अध्ययन भिसामा गएका झण्डै दुई सय नेपाली रुसी सेनामा भर्ना भएको प्रधानमन्त्रीको दाबी
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट र अध्ययन भिसामा रुस पुगेका झन्डै दुई सय जना नेपाली त्यहाँको सैनिकमा भर्ना भएको बताएका छन्। प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दुई सय जना नेपाली रुसी सेनामा भर्ना भएको जानकारी पाएको बताए।

प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत केही नेपालीहरू युक्रेनको कब्जामा रहेको समेत उनले बताए। युक्रेन सेनामा समेत केही नेपालीहरू कार्यरत रहेको सूचना भएको र त्यसबारे सरकारले अध्ययन गरिरहेको बताए।

रुस र युक्रेन युद्धका क्रममा ६ जना नेपालीको मृत्यु भएको छ। सरकारले उनीहरूको शव नेपाल सरकारलाई बुझाउन यसअघि नै रुस सरकारलाई पत्र पठाइसकेको छ। सरकारले नेपालीहरूलाई आफ्नो सेनामा भर्ना नगर्न आग्रहसमेत गरेको छ। त्यस्तै प्रहरीले अवैध तरिकाले रुस पठाउने १२ जनालाई पक्राउ गरेको थियो। 

त्यस्तै प्रधानमन्त्री दाहालले वर्तमान गठबन्धनलाई तोड्न विभिन्न प्रयासहरू भइरहेको बताए। तर कसले गठबन्धनलाई तोड्न खोजेको बारे उनले केही खुलाएनन्। 'अहिले रातदिन गठबन्धन तोड्ने र नयाँ सरकार बनाउने खेल भइरहेका छन्। तर त्यो अहिले सम्भव देखिँदैन,' उनले भने। पाँच वर्षसम्मै यही गठबन्धन रहने उनको दाबी छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.