जब विवाहकै दिन बेहुलाले देह त्याग गरेको बेहुलीले थाहा पाइन्...

जब विवाहकै दिन बेहुलाले देह त्याग गरेको बेहुलीले थाहा पाइन्...

भोलिपल्ट नै छोरी भेट्न सरिता बुवा डोल्पा पुगे । सरिताले बुवासँग नजाने र सासू-ससुरा पालेर बस्ने बिन्ति गरिन्। तर, धनबहादुर र उनका आफन्तले सम्झाई बुझाई गरी पठाइदिए। मन अमिलो बनाउँदै सरिता आफ्नो जन्मभूमि फर्किइन्।

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका -६ मा पर्ने खदागं गाउँमा गत शुक्रबार एउटा हृदयविदारक घटना घट्यो । स्थानीय धनबहादुर सार्कीको घरमा मान्छे भरिभराउ थिए । उनको घरमा दुई तीन दिन अघिदेखि नै टाढाटाढाबाट आफन्त र शुभचिन्तकहरू आउन थालेका थिए । छिमेकीहरु आफूले सकेको सहयोग गर्न आइरहन्थे। 

दलित परिवारका धनबहादुरका जेठो छोरा कृप सार्कीको बिहेको दिन थियो शुक्रबार। त्यहि भएर पनि घरमा मानिसहरुको चहलपहल बढेको थियो । उनले छोरालाई ऋण सापट गरेर पशु प्राविधिक पढाएका थिए । कृपले पनि पढाइ सकेर त्रिपुरासुन्दरी नगरपालिकामा इन्टर्नसीप गर्दै थिए । पढाइ सकेर घरमा बसेका कृप २२ वर्षीय लक्का जवान थिए । उनलाई बिहेका लागि धेरै ठाउँबाट कुरा आउन थालेको थियो । त्यहि क्रममा उनको पश्चिम रुकुमको आठबिसकोट नगरपालिकामा पर्ने गोतामकोटकी सरिता विकसँग चिनजान भयो । उनीहरु एक अर्कालाई मन पराउन थाले । सरिता गएको तिहारमा देउसी भैंलो खेल्न उनको गाउँमा आएको बेला चिनजान भएको थियो ।

डोल्पाको संस्कार अनुसार बिहेको अघिल्लो दिनमा नै आफन्त र छिमेकी घरमा आएर आँगनमा ठूलो आगो बालेर मागल गाउने, चुट्किला खेल्ने चलन छ। मागल र चुट्किलाबाटै नव दुलाह दुलहीलाई आयु बढोस्,सम्बन्ध जुनिजुनिसम्म टिकोस्लगायतका आशिर्वाद दिने चलन छ ।

माया प्रेममा परेको करिब एक महिनापछि उनीहरू बिहे गर्ने मुडमा पुगेका थिए । कृपले केही दिनअघि मात्र सरितालाई भगाएर ल्याएका थिए । घरको जेठो छोराले बुहारी भगाएर ल्याएपछि धनबहादुर परिवारमा खुशीको सीमा रहेन । त्यसपछि उनीहरू छोराको बिहेको जोडजामतिर जुटे । 

कृपको घरमा कुनै आम्दानीको स्रोत नै थिएन । दैनिक ज्यालादारी काममा उनको परिवार निर्भर थियो । छोराको बिहे गर्ने विषयमा उनले भाइछोरा र छिमेकीसँग सरसल्लाह गरे।  बिहेका लागि आवश्यक रकम सरसापट गरे । सबैको सक्दो सहयोगबाट छोराको बिहेको जोडजाम पूरा भयो । बिहेको दिन शुक्रबार पक्का भयो ।

डोल्पाको संस्कार अनुसार बिहेको अघिल्लो दिनमा नै आफन्त र छिमेकी घरमा आएर आँगनमा ठूलो आगो बालेर मागल गाउने, चुट्किला खेल्ने चलन छ। मागल र चुट्किलाबाटै नव दुलाह दुलहीलाई आयु बढोस्,सम्बन्ध जुनिजुनिसम्म टिकोस् भनेर आशीर्वाद दिने चलन छ । धनबहादुरको घरमा पनि बिहीबार रातीदेखि नै बाजागाजासहित भव्य रुपमा मागल गाउने चुट्कीला खेल्ने काम सुरु भयो । चुट्किला मागल खेल्न आँगनमा छिमेकी र आफन्त भरिभराउ भए । 

चुट्किलाबाटै नव जोडिलाई सयौं वर्ष बाँच्ने आशिस दिइरहेका थिए । बेलुका खाना खाएर सुरु गरेको चुटकिला रातभरी चलिरह्यो । बिहान पखसम्म कोही बसे । कोही सुत्न हिँडे । 

कृपका आफन्त अमृत सार्कीका अनुसार मंसिरको कठ्यांग्रिदो चिसोमा आँगनमा ठूलो आगो बालेर रातै कटाउने गरी सबै खेल्न जुटेका थिए ।चुट्किलाबाटै नव जोडिलाई सयौं वर्ष बाँच्ने आशिष दिइरहेका थिए । बेलुका खाना खाएर सुरु गरेको चुट्किला रातभरी चलिरह्यो । बिहान पखसम्म कोही बसे । कोही सुत्न हिँडे । 

कृप पनि चुट्किला खेल्ने ठाउँमा आइराख्थे, गइराख्थे । जब बिहान पाँच बज्यो चुट्किले खेल्नेहरु पनि पातलिए । दुलाह दुलही र परिवार बिहेको तयारीमा लागे । उनीहरुको बिहे वडा नं १ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरमा गर्ने परिवारको योजना थियो । कृपको घरबाट मन्दिर पुग्न पैदल करिब तीन घण्टा लाग्छ । सरिता र कृपले नुहाइ धुवाइ गरे । त्रिपुराकोट पुग्न समय लाग्ने भएकाले छिटो तयार हुन भनिएको थियो । दुलाह कृपले नै सरितालाई कपडा लगाएर छिटो तयार हुन भने । आफू पनि एक छिनमा तयार हुन्छु भने । यति भनेर उनी रातभरी बलेको आगोको रापिलो भुंग्रो ताप्न आँगनमा निस्के । 

दुलाह नै एकाएक हराएपछि घरमा खैलाबैला मच्चियो । सरिता पनि चिन्तामा परिन्। सरितासहित बिहेमा आएका छिमेकी,आफन्त र बाजागाजा बजाउन आएकाहरु सबै दुलाहको खोजी गर्न थाले । घरका कोठा,वरिपरी, खोलाखाल्सातिर खोज्न थालियो । तर,कृपलाई कतै पनि भेटाउन सकिएन ।

सरिता कपडा लगाउन भित्र छिरिन् । घरमा बिहेको बाजागाजा गुञ्जिन थाल्यो । बिहेका लागि एक साता अघि नै घर सिंगारिएको थियो । त्रिपुराकोट जानका लागि डोली,जन्ती र बाजागाजा तयारी भए । अब दुलाहलाई कपडा छिटो लगाउ भन्दा कृप त्यहाँ देखिएनन् ।

दुलाह नै एकाएक हराएपछि घरमा खैलाबैला मच्चियो । सरिता पनि चिन्तामा परिन्। सरितासहित बिहेमा आएका छिमेकी,आफन्त र बाजागाजा बजाउन आएकाहरु सबै दुलाहको खोजी गर्न थाले । घरका कोठा, वरिपरी, खोलाखाल्सातिर खोज्न थालियो । तर,कृपलाई कतै पनि भेटाउन सकिएन ।

सोही दिन बिहान साढे सात बजेतिर बटुवाले बाटो नजिकै मान्छे लडेको खबर सुनाए। खबर पाउने बित्तिकै आफन्तहरू मान्छे लडेको स्थानमा पुगे। नभन्दै त्यहाँ कृप  लडेका थिए। उनी मुल बाटोको छेउमा कहिल्यै नब्यूँझिने गरी मृत अवस्थामा भेटिए।

उनको ढाड भाँचिएको थियो । मुखबाट रगत पनि बगेको थियो । दाँत भाँचिएका थिए । बिहेको अन्तिम घडिमा घटेको यो घटनाले सबै स्तब्ध भए ।

धनबहादुरको परिवारले बिहेको दिन छोरा त्यहाँ गएर लड्ला भन्ने कल्पना गर्ने कुरै भएन। उनको ढाड भाँचिएको थियो । मुखबाट रगत बगेको थियो । दाँत भाँचिएका थिए । बिहेको अन्तिम घडीमा घटेको यो घटनाले सबैलाई स्तब्ध बनाएको छ।

केही समय अघिसम्म छोराको बिहेको खुशीमा प्रफुल्ल धनबहादुरको घर बिलौनाको चित्कारले गुञ्जियो । घरभरी रुवाबासी चल्यो । आफन्तहरू छिमेकीहरुले मन थाम्न सकेनन् । घरमा आएका जति सबै रुन थाले । कृपले घर तल पट्टी रहेको करिब एक सय मिटर अग्लो भीरबाट हाम फालेर देह त्याग गरेको खुलेको छ।  परिवारका सदस्यले कृपले हाम्फालेर आत्महत्या गरेको बताएका छन्। आत्महत्या गर्नुको कारण भने खुलेको छैन।

बेहुला बन्ने दिन कृपको अन्तिम दाहासंस्कार गरियो। बाजागाजासहित घोडा चढेर बिहे गर्न जान लागेका कृप बाँसको भाटामा एकसरो कात्रो बेरेर घाट लगियो । जन्तीका लागि टाढाटाढाबाट आएका आफन्त र छिमेकी मलामी गए ।

सिउँदो प्रेमीकाको हातबाट सिन्दुर भरिने दिन थियो सरिताका लागि त्यो दिन । जुनिजुनिसम्म सँगै जिउने बाँचा गरेका थिए कृप र सरिताले । जब सरिताले प्रेमी कृपले देह त्याग गरेको थाहा पाइन् उनको होसहवासै उड्यो। उनी छट्पटाउन थालिन्। 

बेहुला बन्ने दिन कृपको अन्तिम दाहासंस्कार गरियो। बाजागाजासहित घोडा चढेर बिहे गर्न जान लागेका कृप बाँसको भाटामा एकसरो कात्रो बेरेर घाट लगियो । जन्तीका लागि टाढाटाढाबाट आएका आफन्त र छिमेकी मलामी गए । छोराको बिहेका लागि दाउरा सुरुवालमा ठाँटिएका धनबहादुर एकसरो कपडा लगाएर छोरोको सतिगतिमा लागे। दुलहा दुलहीका लागि सिलाइएका कपडा एका कुनामा थन्क्याइए।

सोही दिन साँझ घटनाको विषयमा सरिताका घरमा फोन गरियो । घटना सुनेर उनका बुवा पनि छाँगाबाट खसेजस्तै भए । भोलिपल्ट नै छोरी भेट्न डोल्पा पुगे । सरिताले बुवासँग नजाने र सासू-ससुरा पालेर बस्ने बिन्ती गरिन्। तर, धनबहादुर र उनका आफन्तले सम्झाई बुझाई पठाइदिए। भारी मन लिएर सरिता आफ्नो जन्मभूमि फर्किइन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.