इतिहासमा मिल्काइएका राजा-महाराजा फर्काउने प्रयास सफल हुँदैन : प्रधानमन्त्री दाहाल

इतिहासमा मिल्काइएका राजा-महाराजा फर्काउने प्रयास सफल हुँदैन : प्रधानमन्त्री दाहाल
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका कामबाट विक्षिप्त बनेकाहरू भ्रम र जालझेलको षड्यन्त्रमा लागेको बताएका छन्। सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तराष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा कामहरू अघि बढाएपछि व्यवस्थाविरोधी शक्तिहरू अत्तालिएको उनको भनाइ छ। 

काठमाडौंको गोकर्णेश्वरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार बनेको बेलादेखि नै सरकारविरुद्ध लागेकाहरू अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताए।

'एकथरि व्यक्तिहरूले सरकार गठन भएदेखि नै नेपाल श्रीलंका बन्ने भयो, उत्पातै हुनेभयो, आकाशै खस्ने भयो भन्ने किसिमले प्रचार गरे। तर सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा राम्रा काम गर्दै गएपछि यसरी कुप्रचार गर्नेहरू विक्षिप्त बनेर अनर्गल प्रचारबाजी र सरकारलाई बदनाम गर्ने षड्यन्त्रमा लागेका छन्। यतिले मात्रै नपुगेर संघीयता, धर्मनिरपेक्षता, जाति, वर्ग क्षेत्र लिंगका अधिकारविरुद्ध लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्न पुगेका छन्। संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेका छन्,' उनले भने।

सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्वपूर्ण निर्णय गरेको उनले बताए। सरकारले युगौंदेखिका सामन्ती उत्पीडनको अन्त्य गर्न मीटरब्याज पीडितका पक्षमा कानुन ल्याएर सामन्ती दलालहरूको पीडाबाट हजारौं जनतालाई मुक्ति दिन सफल बनेको उनको जिकिर थियो। त्यसैगरी लाखौं नेपाली आमाबुवाका सन्तानले नागरिकता नपाउने पीडाको समेत सम्बोधन गरेको उनको भनाइ छ। 

'मीटरब्याज पीडितहरुका पक्षमा आयोग र ऐन नै बनाएर पीडकमाथि कारबाही गरियो। पीडितका लागि यो मुक्ति अभियानजस्तै भयो पनि। त्यसैगरी बुबाआमा नेपाली भएर पनि नागरिकता नपाउनुको पीडा झेलेका ७, ८ लाख नेपालीले नागरिकता पाउन सके,' उनले भने।

विदेश काम गर्न पुगेका र स्वदेशमा समेत स्वरोजगार र विभिन्न क्षेत्रमा कार्यरत लाखौं श्रमिकलाई सामाजिक सुरक्षा अभियानमा समावेश गराएर उनीहरूको भविष्य सुरक्षित गरिएको प्रधानमन्त्री दाहालले बताए। उनले सुशासनका पक्षमा सरकारले ठूलाठूला भ्रष्टाचारका काण्डहरुको छानबीन अघि बढाएको, भूमाफिया र तस्करीविरुद्ध नयाँ अभियान चलाएको, अन्तर्राष्ट्रिय क्षेत्रमा सफल कूटनीतिक अभ्यास गरेको र त्यसमा पनि खासगरी जलवायु न्यायका क्षेत्रमा निर्णायक पहल गरेको बताउँदै यी कामबाट व्यवस्थाविरोधी शक्तिहरू छटपटिएको बताए।

उनले अर्थतन्त्रमा देखिएको संकटलाई ठूलो देखाएर नेपालमा के के न हुने हो भन्दै जनतालाई आतंकित बनाएको बताए। 'अर्थतन्त्रमा देखिएका समस्या, लघुवित्तसँग सम्बन्धित र पीडितका समस्या, बैंक ब्याजदर, अन्य वित्तिय क्षेत्रका समस्याहरु हल गर्न नीजि क्षेत्रलाई समेत विश्वासमा लिएर निरन्तर गरेको पहलका कारण अहिले कतिपय आर्थक सूचकहरु सकारात्मक देखिएको र अर्थतन्त्र चलायमान हुने दिशामा अघि बढेको छ । राष्ट्र बैंकको पछिल्लो समीक्षा यसकै प्रतिफल हो,' र्नले भने। 

प्रधानमन्त्री दाहालले इतिहासमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउँदै नेपाली समाजमा देखिएका समस्याहरू यही व्यवस्थाबाट हल हुने ठोकुवा गरे। 'कतिपय विक्षिप्त शक्तिहरू व्यवस्थाविरुद्ध भ्रम छर्न, बदनाम गर्न लागिपरेका छन्। कुनै बेला इतिहासमा मिल्काइएका राजा महाराजाहरू ल्याउने कुरा गरिरहेका छन्। तर लोकतान्त्रिक गणतन्त्रको विकल्प हिजोको सामन्ती निरंकुशतन्त्र कदापी हुन सक्दैन। पछिल्लो समयमा अराजकता मच्चाउन खोजे पनि वितण्डा मच्चाउन खोज्नेहरु असफल बनेका छन्,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.