दरखोला र बगरखोला जलविद्युत आयोजनाको पीपीए

दरखोला र बगरखोला जलविद्युत आयोजनाको पीपीए
सुन्नुहोस्

बेनी : म्याग्देलीहरूको अगुवाइमा निर्माण हुन लागेको दरखोला र बगरखोला जलविद्युत् आयोजनाको (पीपीए) विद्युत् खरिद बिक्री सम्झौता भएको छ। 

रघुगंगा गाउँपालिका–७ मा निर्माण हुने ५.५ मेगावाट क्षमताको बगरखोला र धवलागिरि गाउँपालिका–३ मा निर्माण हुने ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको पीपीए भएको हो। 

नेपाल विद्युत् प्राधिकरणसँग २०८३ फागुन महिनाभित्र विद्युत् उत्पादन गर्ने कार्ययोजनासहित बगरखोलाको प्रवर्द्धक मोना हाइड्रोपावर र दरखोलाको प्रवर्द्धक दरखोला हाइड्रोपावर लिमिटेडले सम्झौता गरेका हुन्। 

प्राधिकरणका तर्फबाट उपमहानिर्देशक प्रकाश थिङ र निर्देशक प्रवल अधिकारी तथा मोना हाइड्रोपावरका अध्यक्ष चक्रबहादुर थापा र दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम बहादुर भण्डारीले सम्झौतापत्रमा गत हप्ता हस्ताक्षर गरे। सम्झौता अनुसार हिउँदमा प्रतियुनिट ८.४० र बर्खामा ४.८० प्रतियुनिटका दरले प्राधिकरणले आयोजनाको विद्युत् खरिद गर्ने भएको छ। 

सबै चरणको सर्वेक्षण र पीपीए सकिएकाले वित्तीय व्यवस्थापन गरेर आयोजनाको पूर्वाधार निर्माणको तयारी थालिएको प्रर्वद्धक कम्पनीका सञ्चालकहरूले बताएका छन्। रघुगंगा गाउँपालिकाको चिमखोलाको पात्ले गाउँको फेदीमा बाँध रहने बगरखोलाको विद्युतगृह चिमखोला गाउँ भन्दा केही तल प्रस्ताव गरिएको छ। 

दुई किलोमिटर सात सय मिटर पेनस्टक पाइप लाइन रहने आयोजनाबाट उत्पादित विद्युत् रघुगंगा गाउँपालिका–३ मा निर्माणाधीन राहुघाट सवस्टेशन मार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ। एक अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। रोजगारी, पेशा, व्यवसाय र अध्ययनको  सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्दी, जिल्लाकै विभिन्न पेशाकर्मी, स्थानीय र स्वदेशी लगानीकर्ताको लगानी जुटाएर निर्माण गर्न लागिएको अध्यक्ष थापाले बताए।  

धवलागिरी गाउँपालिका–३ कुनौटोमा बाँध र सोही वडाको सोलवाङमा विद्युतगृह प्रस्ताव गरिएको दरखोला जलविद्युत् आयोजनाको तीन किलोमिटर १०० मिटर पेनस्टक पाइपलाइन रहने जनाएको छ। दरखोलाबाट उत्पादित विद्युत् मालिका गाउँपालिका–७ मा निर्माणाधीन डाँडाखेत सवस्टेशन मार्फत केन्द्रीय ग्रिडमा जोडिने अध्यक्ष भण्डारीले बताए।  

म्याग्दीमा हाल तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। विद्युत् विकास विभागका अनुसार ६३ मेगावाट क्षमताका चारवटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७०० मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन्।

कूल ३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन्। त्यस्तै ८३.५ मेगावाट क्षमताका तीन वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन्। जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा छन्।

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित प्रदेश सांसद रहनुभएका गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले २२० केभी क्षमताको दाना सवस्टेशन निर्माण पूरा र १३२ केभी क्षमताको डाडाखेत–राहुघाट सवस्टेशन तथा प्रसारण लाइन निर्माणले तीव्रता पाएको छ। कालीगण्डकी, म्याग्दी र राहुघाट तथा सहायक नदीहरूमा जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.