ओलीलाई दोलखामा स्वागत
दोलखा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूलाई दोलखामा स्वागत गरिएको छ।
झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत सोमबार दोलखाको सदरमुकाम चरिकोट आइपुगेका अध्यक्ष ओलीसहितका एमालेका नेतालाई दोलखामा स्वागत गरिएको हो।
एमाले अध्यक्ष ओलीसहितका केन्द्रीय नेताहरू आज काभ्रेपलाञ्चोक हुँदै दोलखा आएका हुन्। उनले वडा नम्बर ६ ले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाई चरिकोट आइपुगेका हुन्।