रुसले युक्रेन अधीनस्थ क्षेत्रमा राष्ट्रपतीय निवार्चन गर्ने

रुसले युक्रेन अधीनस्थ क्षेत्रमा राष्ट्रपतीय निवार्चन गर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

मस्को : क्रेमलिनले गत वर्ष कब्जा गरेको भनी दाबी गरेको युक्रेनका चार क्षेत्रमा रुसी राष्ट्रपति निर्वाचनका लागि मतदान हुने मस्कोले सोमबार बताएको छ। राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन पुनः निर्वाचित हुने सम्भावना छ। 

मार्चमा युक्रेनका डोनेट्स्क, लुगान्स्क, जापोरिजिया र खेरसनमा मतदान हुने केन्द्रीय निर्वाचन आयोगले बताएको छ। ती क्षेत्रमा अहिले पनि रुसको पूर्ण सैन्य नियन्त्रण छैन। सरकारी समाचार एजेन्सी तासका अनुसार आयोगका उपाध्यक्ष निकोले बुलायेभले भने, 'ती क्षेत्रमा निर्वाचन हुने निर्णय सर्वसम्मतिले भएको हो।'

निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ। क्रेमलिनका आलोचकहरूले निर्वाचनले पारदर्शिताको ग्यारेन्टीलाई अझ धेरै कठिन बनाउने बताएका छन्। रुसका अधिकांश विपक्षी नेता कारागार वा निर्वासनमा रहेकाले पुटिनले पाँचौँ कार्यकालका लागि कुनै ठूलो चुनौतीको सामना गर्ने अपेक्षा गरिएको छैन। क्रेमलिन र युक्रेनमा आक्रमणको समर्थन गर्ने सबै पाँच प्रमुख दललाई हस्ताक्षर सङ्कलनबिना सन् २०२४ को निर्वाचनका लागि उम्मेदवार प्रस्तुत गर्न अनुमति दिइएको छ। 

यसअघि युक्रेनले ‘युक्रेनी अधीनस्थ क्षेत्रहरूमा राष्ट्रपति निर्वाचन गराउने रुसको मनसायको दृढ निन्दा गर्न’ अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो। किभले पश्चिमी मुलुकहरूसँग जिम्मेबार व्यक्तिहरूमाथि प्रतिबन्ध लगाउनसमेत आह्वान गरेको छ। 

रुसले यसअघि युक्रेन अधीनस्थ क्षेत्रहरूमा निर्वाचन गराएको छ। किभ र पश्चिमी मुलुकहरूले घोषित मतदानलाई अमान्य भनेका थिए। मस्कोले सेप्टेम्बरमा चार युक्रेनी क्षेत्रमा स्थानीय अधिकारीहरूका लागि निर्वाचन गराएको थियो। 

एक वर्षअघि उसले ती क्षेत्रमा कब्जा गर्नका लागि ‘जनमत सङ्ग्रह’ गरेको थियो। दुवै निर्वाचनको किभ र पश्चिमी मुलुकहरूले निन्दा गरेका थिए। रुसले सन् २०१४ मा एकतर्फी तरिकाले युक्रेनबाट क्रिमिया प्रायद्वीपमाथि कब्जा गरेको थियो। सोही समयदेखि त्यहाँ निर्वाचन हुने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.