कैदी रिहाइको माग पूरा नगरेसम्म बन्धक नछोड्ने हमासको चेतावनी

कैदी रिहाइको माग पूरा नगरेसम्म बन्धक नछोड्ने हमासको चेतावनी
फाइल तस्बिर।
सुन्नुहोस्

हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकले उक्त क्षेत्र नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य शहरमा बमबारी गरेको छ ।

हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार २०० जनाको ज्यान लिएको र करिब २४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्याङ्कले देखाएको छ ।

बदलामा इजरायलले हमासबिरूद्ध चलाएको कारबाहीमा गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएका छन् भने करिब १८ हजार जनाको ज्यान लिएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले गाजा पट्टीमा गरेको आक्रमणमा परी दर्जनौं व्यक्तिको मृत्यु भएको र इजरायली सेनाले गाजाबाट इजरायलतर्फ रकेट प्रहार गरेको मन्त्रालयले सोमबार जनाएको छ । 

एएफपी संवाददाताका अनुसार इजरायलले सोमबार मुख्य दक्षिणी शहर खान युनिसमा आक्रमण गरेको छ भने प्यालेस्टाइनी लडाकू इस्लामिक जिहादले इजरायली सेनाले सुरुङको खाडल खोजी गरिरहेको एउटा घरलाई विस्फोट गराएको बताएको छ ।

हमासले आइतबार चेतावनी दिँदै भनेको छ, 'इजरायलले आफ्ना कैदीहरूलाई आदानप्रदान र वार्ता बिना जीवितै प्राप्त गर्ने सम्भावना रहने छैन ।'

इजरायलले गाजामा अझै पनि १३७ जना बन्धक रहेको बताएको छ भने अधिकारकर्मीहरूले करिब सात हजार प्यालेस्टिनी इजरायली जेलमा रहेको बताएका छन् ।

महिनौँदेखिको भीषण बमबारी र झडपका कारण गाजाको स्वास्थ्य प्रणालीमा व्यापक प्रभाव परेको छ । अधिकांश अस्पतालहरू सञ्चालनमा छैनन् र करिब २० लाख मानिस विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाका २४ लाख जनसंख्यामध्ये १९ लाख मानिस आफ्नो घरबाट विस्थापित भएका छन्। इजरायलले मानिसहरूलाई दक्षिणमा शरण लिन आग्रह गरेको छ । 

मानवीय सहयोगका लागि समन्वय गरिरहेका संस्थाहरूले इजरायललाई द्वन्द्वमा नागरिकहरूको अधिक सुरक्षाको लागि दबाब दिइरहेका छन् ।

गैरलडाकूको मृत्यु कम गर्न इजरायली सेनाले प्रयोग गरेको म्यापिङ सफ्टवेयरलाई अपर्याप्त भन्दै प्यालेस्टाइनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक लिन हेस्टिङ्सले निन्दा गरेका छन् । उनले भने, 'कुनै पनि शक्तिले एकतर्फी रूपमा पूर्वाधार, खाद्यान्न, पानी, स्वास्थ्य सेवा वा सरसफाइ नभएको जमिनलाई ‘सुरक्षित क्षेत्र’ भनेर घोषणा गर्नुको अर्थ उनीहरू सुरक्षित छन् भन्ने होइन ।'

संयुक्त राष्ट्रसङ्घको मानवीय निकाय (ओसीएचए) का अनुसार गाजाका ३६ अस्पतालमध्ये १४ वटा मात्र पूर्ण क्षमतामा सञ्चालनमा छन् । 

हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार २०० जनाको ज्यान लिएको र करिब २४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्याङ्कले देखाएको छ । बदलामा इजरायलले गाजापट्टीका क्षेत्रमा गरेको आक्रमणमा अधिकांश भाग भग्नावशेषमा परिणत हुनुका साथै करिब १८ हजारको ज्यान लिएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.