मानवजाति रहेसम्म गौतम बुद्धका दर्शन र उपदेश कहिल्यै पुराना हुँदैनन् : प्रचण्ड

मानवजाति रहेसम्म गौतम बुद्धका दर्शन र उपदेश कहिल्यै पुराना हुँदैनन् : प्रचण्ड
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धका दर्शन र उपदेश कहिलेपनि पुराना नहुने दाबी गरेका छन्। नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुद्धका दर्शन, सिद्धान्त र उपदेशको महत्त्व दिनप्रति दिन बढ्दै जाने विश्वास व्यक्त गरेका हुन्।

null

‘अहिले विश्वलाई शान्तिको आवश्यकता र महत्त्व अझ बढ्न गएको छ।’ उनले भने,‘गौतम बुद्धका दर्शन र उपदेश कहिले पनि पुरानो हुँदैन। मानवजाति रहेसम्म बुद्धका दर्शन, सिद्धान्त र उपदेशको महत्त्व झन् दिनप्रति दिन बढ्दै जानेछ।’

उनले आजको कार्यक्रमपश्चात रामाग्रामबारे र बुद्धको अस्तु धातु र ऐतिहासिक सन्देश जाने विश्वास व्यक्त गरे। प्रचण्डले विश्वका विभिन्न देशबाट आएका बौद्धमार्गी गुरु र शान्तिका पक्षधरहरुलाई बधाई ज्ञापन गरे।null

उनले संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर नेपालको शान्ति प्रकिया अन्तिम चरणमा पुगेको जानकारी गराएको बताए। उनले विश्व शान्ति निम्ति समेत अपील गरेको जानकारी गराए। 

युद्ध र शान्तिको विषयलाई उठाउँदै प्रचण्डले अशोक सम्राटलाई आफूसँग तुलना गर्दै कतै न कतै मिल्न जाने उल्लेख गरे। उनले अशोक सम्राट र आफ्नो भावना मिल्ने बताए। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘देशभित्र र देश बाहिर शान्तिका निम्ति भगवान बुद्धका शिक्षालाई कार्यान्यन गर्न अपील गर्न इमान्दारिताका साथ पालना गर्छुु।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.