लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो
लागुऔषधि कारोबार राईको साथबाट बरामद भएको दुई राउण्ड गोली, एउटा कटुवा पेस्तोल र लागुऔषध।

काठमाडौं : लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। मंगलबार दिउँसो १ बजेतिर ललितपुरको झम्सीखेलस्थित ठाडोढुंगाबाट एकजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले  नियन्त्रणमा लिने क्रममा लागुऔषध कारोबारी ४५ वर्षीय अविनाश राईले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाइ नियन्त्रणमा लिएको जानकारी दिए।

राईको दाहिने खुट्टामा गोली लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार  उनको साथबाट दुई राउण्ड गोली, एकथान पेस्तोल र लागुऔषध बरामद भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.