अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ : प्रधानमन्त्री

अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ : प्रधानमन्त्री
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
सुन्नुहोस्

नवलपरासी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य,आवश्यकता र महत्व झन् दिन प्रतिदिन बढ्दै गएको बताए।

उनले भने,'बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य,आवश्यकता र महत्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्व अझ बढ्न गएको छ ।'

उनले लुम्बिनी जस्तो पावन भूमिबाट विश्व समुदायलाई विशेष रुपले शान्तिका निम्ति अपील पनि गरे।  रामग्रामको विकासका निम्ति भएका कार्यक्रममार्फत हुने प्रतिवद्धताले उक्त क्षेत्रको महत्व झन् बढेर गएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघका महासचिव आएको प्रसंग स्मरण गर्दै भने, 'मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिवद्धता प्रस्तुत भयो ।'
 
उनले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएको दावी गरे। प्रधानमन्त्री दाहालले कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिवद्धता व्यक्त भएको उल्लेख गर्दै उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.