पाल्पामा पुग्ने पर्यटकलाई स्थानीय कला संस्कृति देखाइने

पाल्पामा पुग्ने पर्यटकलाई स्थानीय कला संस्कृति देखाइने
सुन्नुहोस्

तानसेन : पाल्पामा पुग्ने पर्यटकलाई स्थानीय कला संस्कृतिको अवलोकन गराइने भएको छ। यहाँ खुला नाचघरमा स्थानीय कला संस्कृति देखाउन लागिएको छ। 

कला संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि लुम्बिनी प्रदेश सरकारले सदरमुकाम तानसेनमा श्रीनगर सांस्कृतिक डबली निर्माण गरेको छ। निर्माण गरिएको डबली तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको छ। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई  सांस्कृतिक डबलीको साँचो दिएर डबली हस्तान्तरण गरेका हुन्। 

प्रदेश सरकारको ६ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँको लागतमा प्रतीक्षा कन्ट्रक्सन निर्माण कम्पनीले डबली निर्माण गरेको हो। तीन वर्षमा निर्माण सम्पन्न भएको हो। 

आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि स्थानीय कला संस्कृतिमार्फत मनोरञ्जन गराउने, पर्यटकहरूको आगमन बढाउने र पाल्पालाई लुम्बिनी प्रदेशकै हिल स्टेसनका रूपमा विकास गर्ने उद्देश्यले डबली निर्माण गरिएको नगरप्रमुख श्रेष्ठले बताए। 

स्थानीय कला संस्कृतिलाई बचाउँदै पर्यटनको माध्यमबाट आयआर्जन बढाउन डबली निर्माण गरिएको मुख्यमन्त्री चौधरीले बताए। तानसेन नगरपालिकाले दैनिक कार्यतालिका बनाएर यस क्षेत्रको सबै किसिमका कला संस्कृतिहरू प्रदर्शन गर्नुपर्नेमा उनको जोड थियो। 

स्थानीय कला संस्कृतिको जर्गेना हुनेमा पूर्ण विश्वास रहेको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले बताए। नगरपालिकाले विस्तृत कार्ययोजना बनाएर नियमित रूपमा सांस्कृतिक डबली सञ्चालन गर्नुपर्ने प्रदेश सभा सदस्य खेमबहादुर सारुले बताए। 

डबलीमा पाँच सय दर्शको क्षमता रहेको छ। यहाँ  स्टेज, दर्शक कक्ष, पोसाक परिवर्तन कक्ष,  कोलसेट, शौचालय, सुरक्षा गार्ड कक्ष, टिकट काउन्टर, कार्यालय कोठा, कफी सप र आवश्यक पार्किङसहितको सुविधा रहेको छ। 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.