बुटवलबाट चिनी बरामद
बुटवल : भारतबाट अवैध रूपमा ल्याएर राखिएको चिनी बुटवलबाट बरामद भएको छ। विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पाँच जनाको घरबाट चिनी बरामद गरेको हो।
नेपाली बजार मूल्य अनुसार बरामद गरिएको चिनीको मूल्य चार लाख ८ हजार रुपैयाँ पर्ने कार्यालय प्रमुख अनुसन्धान अधिकृत पशुपतिबाबु पुरीले जानकारी दिए।
टोलीले एउटा पिकअप भ्यान गाडी र एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरेको छ।