पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण, २३ जनाको मृत्यु

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण, २३ जनाको मृत्यु
सुन्नुहोस्

स्लामावाद : पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ ।  

परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दै बिहानको समयमा आक्रमण भएको बताएका छन् ।

उनका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरु सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भए तापनि, मृतृककहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ । 

    
विस्फोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गराउदा अन्य २७ जना घाइते भएको समेत  बताइएको छ ।  

विस्फोटको कारण शिविरका तीनवटा कोठा भत्किएका छन् भने भग्नावशेषबाट शव निकाल्ले कार्य भइरहेको छ । मृतकको सङ्ख्या बढ्ने आकँलन गरिएको छ ।

बिहानको २:३० मा हमला शुरु गरेको तालीवानसँग सम्बद्ध तेहरिक ए जिहाद समूहले जनाएको छ । सन् २०२१ मा तालिवान सत्तामा फर्किएदेखि पाकिस्तान – अफगानिस्तानका सीमा क्षेत्रमा आक्रमणमा वृद्धि भएको छ ।  

अमेरिकी सेना फिर्ता भएदेखि छेमेकी विद्रोही उत्साहित भएको  विश्लेषकहरुले बताउँदै आएका छन् । पकिस्तानी द्वन्द्व सुरक्षा अध्ययन संस्थाका अनुसार गत वर्ष तथा २०२३ को सुरुवाती चरणको तुलनामा पछिल्लो समयमा द्वन्द्व झण्डै ८० प्रतिशतले वृद्धि भएको देखिएको छ ।
    
इस्लामाबादले आक्रमणकारी समूह सीमापारीबाट परिचालित भएको आरोप लगाएको छ । यद्पि सो आरोप तालिबान सरकारले निरन्तर अस्वीकार गरिरहेको छ । घटना बारे पाकिस्तानी सेनाले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.