केयूले शिक्षण अस्पताल स्थापना गर्ने

उच्च शिक्षाको सुधार र अन्तर्राष्ट्रियकरणको सवाललाई गम्भीरतापूर्वक लिएको छु : प्रचण्ड

उच्च शिक्षाको सुधार र अन्तर्राष्ट्रियकरणको सवाललाई गम्भीरतापूर्वक लिएको छु : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको उच्च शिक्षाको सुधार र अन्तर्राष्ट्रियकरणको सवाललाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन्। काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आफ्नै शिक्षण अस्पताल स्थापना गर्न गरेको प्रयास सराहनीय भएको भन्दै शुभकामना दिएका हुन्।

उनले भने,‘आजको वैश्विक युगमा नेपालको शिक्षा मौलिक हुनुपर्ने त छँदैछ, साथसाथै अन्तर्राष्ट्रिय स्तरको पनि हुनु अत्यावश्यक छ। यस अगाडि भएको केयूले गरेको विशिष्ट सम्मेलनबाट आएका नीतिगत र व्यावहारिक सुधारका कुरालाई राष्ट्रिय शिक्षा नीतिमा समायोजन गर्ने मेरो तर्फबाट हरसम्भव प्रयास हुनेछ।’

काठमाडौं विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न एकदमै सराहनीय रहेको बताए। उनले भने,‘यसबाट आर्टिफिसियल इन्टेलिजेन्सदेखि जलवायु परिवर्तन रोकथामका उपायहरू, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयाम आदिका लागि बाटो खुलेको छ।’ प्रचण्डले नेपालको दिगो विकासमा टेवा पुग्ने किसिमको थप अनुसन्धान गरी यस केन्द्रलाई वैज्ञानिक मात्र नभएर आम मानिसको हितका लागि प्रयोग गर्न आग्रह गरे।

‘काठमाडौं विश्वविद्यालयको प्रारम्भ विज्ञान तथा प्रविधिसम्बन्धी विश्वविद्यालयका रूपमा भएको सर्वविदित नै छ। तर पछिल्ला दशकमा विश्वविद्यालयले जसरी बहुमुखी रूपमा आफ्नो प्राज्ञिक दायरा विस्तार गरेको छ, त्यसबाट नेपालको बहुआयामिक विकासमा योगदान मिलेको छ। त्यसैको एक उदाहरण चिकित्सा र कलाको सुन्दर संयोजनमार्फत सुरु भएको ब्याचलर इन योगिक साइन्स एन्ड वेलबिइङ कार्यक्रम हो। यो कार्यक्रम नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरणको एक कडी पनि हो।’ उनले भने,‘अझ पछिल्लो समय काठमाडौं विश्वविद्यालयले एक हजार शैयाको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकोमा मलाई खुसी लागेको छ। काठमाडौं विश्वविद्यालयले अहिले नेपालमा अभ्यास गरिरहेका डाक्टरहरूमध्ये आधा डाक्टर उत्पादन गरिसकेको आधारमा विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्न सक्ने कुरामा म विश्वस्त छु। स्थापनाको ३२ औं वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय छ। यो शुभकार्यका लागि म अग्रिम शुभकामना दिन चाहन्छु।’

‘उपकुलपति प्राध्यापक भोला थापाज्यूले नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण र नेपाली विद्यार्थीलाई नेपालमा नै रोजगारी तथा उच्च शिक्षाको अवसर दिलाएर युवा ऊर्जा र सिर्जनशीलतालाई मुलुकभित्रै राख्नका लागि जुन खाका पेस गर्नुभएको छ, त्यो मलाई सराहनीय लागेको छ।’उनले भने,‘प्राध्यापक थापाले भनेजस्तै दुबईमा आज समापन हुँदै गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालको उपस्थिति गहन र बलियो रह्यो। त्यहाँ मैले जलवायु, न्याय र क्षतिपूर्तिको विषयलाई गम्भीरतापूर्वक उठाएको छु। नेपालको यो प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनियो गुटेरेसको विशेष साथ र समर्थनबाट पनि पुष्टि हुन्छ।’

उनले काठमाडौं विश्वविद्यालयमा जलवायु परिवर्तन र वातावरणसम्बन्धी अध्ययन–अध्यापन गरिरहेका प्राध्यापक र वैज्ञानिकहरूले यस क्षेत्रमा उल्लेखनीय योगदान दिएको उल्लेख गरे। 

null

उनले भने,‘विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न, विशेषतः स्थानीय समुदायहरूमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न एवम् नेपालका तर्फबाट हाम्रा खास मुद्दा र चासोहरूलाई मुखरित पारिरहन म विश्वविद्यालयका प्राध्यापक तथा अध्येताहरूलाई यस विश्वविद्यालयको कुलपतिको हैसियतले विशेष आग्रह पनि गर्दछु।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.