आर्जन गरेको ज्ञान र सीप देश विकासमा लगाउन दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह

आर्जन गरेको ज्ञान र सीप देश विकासमा लगाउन दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्जन गरेको ज्ञान र सीप देशको विकास लगाउन आग्रह गरेका छन्। काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण गर्न आग्रह गरेका हुन्।

काठमाडौं विश्वविद्यालयका उपकुलपति समेत रहेका प्रधानमन्त्री दाहालले नेपालका विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश गएका युवालाई  आर्जित गरेको ज्ञान र सीप स्वदेशको दिगो विकासका लागि सदुपयोग गर्न समेत अनुरोध गरे।

प्रधानमन्त्री दाहालले नेपालमा प्रशस्त शिक्षा तथा रोजगारीका अवसर रहेको भन्दै व्यक्तिगत जीवनको मात्र नभइ देशहितको पनि काम गर्न सकिने बताए। उनले भने,'अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ,त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ । नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् । म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ । '

उनले काठमाडौं विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न एकदमै सराहनीय बताए।

यसबाट आर्टिफिसियल इन्टेलिजेन्सदेखि जलवायु परिवर्तन रोकथामका उपायहरू,नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयाम आदिका लागि बाटो खुलेको उनको भनाइ छ । नेपालको दिगो विकासमा टेवा पुग्ने किसिमको थप अनुसन्धान गरी यस केन्द्रलाई वैज्ञानिक मात्र नभएर आम मानिसको हितका लागि प्रयोग गर्न समेत अनुरोध गरे।

दीक्षान्त समारोहमा एक सय १३  विदेशीसहित एक हजार ८ सय ३८ विद्यार्थी दीक्षित भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.