सन्धिखर्कले हटायो ढड्डा हाजिरी

सन्धिखर्कले हटायो ढड्डा हाजिरी
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ढड्डा हाजिरी रजिष्टर हटाएको छ। नगरपालिका मातहतका सबै कर्मचारीले ई-हाजिरी गर्छन्। 

ई-हाजिरीमा हातको ल्याप्चे लगाउन सुरु भएको छ। ई-हाजिरीमा कर्मचारीले कतिबेला उपस्थिति भए कति बेला विदा भए, सबै देख्न सकिन्छ।
 

नगरपालिकाभित्र सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको कार्यालय, नगरपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारीको लागि ई-हाजिरीको ब्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।

कर्मचारीको अनुपस्थितिको कारणले सेवाग्राहीको काममा कुनै समस्या नदेखियोस् र कर्मचारीहरू कार्यालय समयभित्र कतै जान नसकून भनेर ई-हाजिरी लागू उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.