सभापतिलाई दबाब दिएर भए पनि मापदण्ड बनाएरमात्रै राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउँछौं : गगन थापा

सभापतिलाई दबाब दिएर भए पनि मापदण्ड बनाएरमात्रै राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउँछौं : गगन थापा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न मापदण्ड आवश्यक रहेको बताएका छन्। संस्थापन इतरको बैठकमा सहभागी भएका उनले राष्ट्रिय सभा निर्वाचनमा पार्टीले मापदण्ड बनाएरमात्रै उम्मेदवार बनाउने बताए।

यसअघि सम्मपन्न भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा पार्टीले कुनै मापदण्ड नबनाएको र पार्टीभित्रै नेताहरूलाई न्यायपूर्ण व्यवहार नगरेको भन्दै महामन्त्रीले थापाले राष्ट्रियसभा निर्वाचनमा त्यस्तो हुन नदिने प्रस्ट पारे।

पार्टी सभापति शेरबहादुर देउवालाई दबाब सिर्जना गरेर सिंगो कांग्रेसको सभापति बन्न आग्रह गरिने उनको भनाइ छ। 'यसअघि सम्पन्न तीनवटा चुनावमा कुनै मापदण्ड बनाइएन। पार्टीमा धेरै विभेद् भयो। न्याय गर्नुपर्नेमा सभापतिले आफैं विभेद् गर्नुभयो। आफ्नो समूहलाई मात्रै हेर्नुभयो। राष्ट्रिय सभा निर्वाचनमा हामी त्यस्तो हुन दिन्नौं। सिंगो कांग्रेसको सभापति बन्न दबाब दिन्छौं,' उनले भने। सभापति देउवाले यो वा त्यो समूह भन्न नमिल्ने उनले बताए।

शेखर कोइराला समूह सम्मिलित बैठकमा तीन विषयमा बढी छलफल भएको महामन्त्री थापाले बताए। राष्ट्रिय सभा निर्वाचनमा मापदण्ड तयार गर्ने, नेता कार्यकर्तालाई समानरूपले न्यायपूर्ण व्यवहार गरिने र सुशासनका सबालमा छलफल भएको उनको भनाइ छ। पार्टीभित्र निर्वाचनमा पराजित भएका सामानुपतिक सूचीमा रहेकालाई राष्ट्रिय सभामा उम्मेदवार बन्न नदिन चौतर्फी दबाब सिर्जना भएको छ। उनले पार्टीभित्रका नेताहरूबीच सम्बादन नहुँदा धेरैखाले असमझदारी बढेको प्रस्ट पारेका थिए। 

महामन्त्री थापाले कांग्रेस आफैं सरकारमा रहे पनि  एकपछि अर्का काण्ड आइरहेको बताए। 'यो विभिन्न काण्डंमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ। सरकारलाई दबाब सिर्जना गर्नुपर्छ,' उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.