सरकारको लुटेरा प्रवृतिले देश गरिबीतिर धकेलिरहेको छ : ओली

सरकारको लुटेरा प्रवृतिले देश गरिबीतिर धकेलिरहेको छ : ओली
सुन्नुहोस्

भोजपुर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको लुटेरा प्रवृतिले देश गरिबीतिर धकेलिरहेको बताएका छन्। सरकार सत्ताकेन्द्रित भएपछि देश अफ्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उनले बताए। 

‘समृद्धिका लागि संकल्प यात्रा २०८०’ को अभियानका क्रममा बुधबार भोजपुर आइपुगेका अध्यक्ष ओलीलाई पर्यटकीय चखेवाभञ्ज्याङस्थित स्थानीय जातीय झाँकीसहित  भव्य स्वागत गरिएको थियो। ‘अहिलेको सरकार सत्ता ताकेरमात्रै बसिरहेको छ। देश र जनताको हितविपरीत, न्यायविहीन, अनुत्तरदायी भएकैले देश गरिबीतिर धकेलिँदै गइरहेको छ,' अध्यक्ष ओलीले भने। देशमा वर्षौंको संघर्षपछि लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याए पनि राजनीतिक विचलन, शिक्षा, स्वास्थ्यमा अझै पनि पछि रहेको उनको भनाइ छ। 

अध्यक्ष ओलीले प्राकृतिक, साँस्कृतिक रूपले नेपाल समृद्ध रहेको सुनाए। भोजपुरमा भव्य स्वागत पाएपछि निकै प्रफुल्लित बनेका ओलीले भोजपुरको पर्यटन विकासको खाँचो रहेको औंल्याए। उनले देशलाई ब्युँझाउन, उठाउन र राष्ट्रिय एकता कायम गर्न मध्यपहाडी लोकमार्गको पदयात्रा अभियान ल्याइएको बताए। उनले नागरिकका हरेक माग र चाहनालाई बुझेर देशको समृद्धिको खाका तयार पारिने बताए। 'यो संकल्प यात्राको क्रममा हामीले जनतासँग भेटघाट र सम्बन्ध बढाउँदै, उनीहरूको मागहरू सुन्दै र आफ्ना भनाइहरू राख्दै आएका छौं,' उनले भने।

 
पहिचानवादी आन्दोलनका बीच भोजपुर आइपुगेका ओलीले पहिचानका विषयमा भने मौन रहे। कोसी प्रदेश नामाकरणमा असन्तुष्ट पहिचान पक्षधरका विषयमा ओलीले केही बोल्न चाहेनन्। ओली भोजपुर आउने भएपछि दुई दिनअघिबाट भोजपुरमा पहिचानवादीहरूले विरोध प्रदर्शन गरेका थिए। प्रदेश १ को नाम कोसी राखिएपछि भोजपुरमा पनि केही पहिचानवादीहरूले विरोध प्रदर्शन गर्दै आएका छन्।

पहिचान पक्षधर ४ जना प्रहरी नियन्त्रणमा
त्यस्तै भोजपुरमा ओलीको संकल्प यात्रामा अवरोध गर्न खोज्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भोजपुरका संयुक्त संघर्ष समितिको संयोजक तथा किरात राई, यायोखा भोजपुरका कार्यबाहक अध्यक्ष बिदुर राई, जनता समाजवादी पार्टी नेपालका प्रदेश सदस्य मिना राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य पवन राई, जसपा नेपालका जिल्ला सदस्य दिनेश राई छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.