साउदीबाट भूकम्प पीडितका सहयोग
साउदी : उपकारी नेपाली समूह साउदी अरेबियाले जाजरकोट भूकम्प प्रभावित परिवारलाई राहत वितरण गरेको छ। समूहले प्रभावित क्षेत्रका पीडितका लागि ३ लाख ४४ हजार रुपैयाँ बराबरको ब्लांकेट राहत सामग्री वितरण गरेको हो।
जाजरकोट जिल्लाको कुशे गाउँपालिका-५ दमदालामा उक्त समूहले न्यानो लुगा वितरणसहित १ सय ४१ वटा ब्लांकेट वितरण गरेको छ। विदेशमा श्रम गरेर बसेका नेपाली र संस्थाले चिसो समयमा पीडितहरूलाई राहत पुगोस् भन्ने उदेश्यले ब्लांकेट वितरण गरिएको अध्यक्ष खेमराज भट्टाले बताए।
सहयोग अभियानमा आर्थिक सहयोग स्वरूप साउदीमा रहेको पारिवारिक समाज साउदी अरबले ५२ हजार रुपैयाँ, स्की आदर्श सेवा समाज साउदी अरबले ५२ हजार रुपैयाँ , सुदूर पश्चिमेली नेपाली समाज साउदी अरबले ४० हजार रुपैयाँ तथा उपकारी नेपाली समूहले २ लाख रुपैयाँ सहयोग गरेका थिए।
त्यस्तै साउदीमा रहेको नेपाली साझा मञ्चले समेत जाजरकोट भूकम्प प्रभावित क्षेत्र कुशे नानघाट जनताका लागि राहत स्वरूप ४२ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको थियो।