विद्यालयमा डिजिटल बोर्ड

विद्यालयमा डिजिटल बोर्ड
सुन्नुहोस्

मुगु : जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाको बुद्ध नमुना माध्यमिक विद्यालयले डिजिटल बोर्ड राखेको छ। विद्यालयको गतिविधि अभिभावकले थाहा पाउने गरी विद्यालयले बोर्ड राखेको हो। 

विद्यालयले शुक्रबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को सामाजिक लेखा परीक्षण कार्यक्रममा विद्यालयको शैक्षिक सुधारका लागि  डिजिटल बोर्ड मार्फत सूचना प्रवाह गर्न थालेको जानकारी दिएको हो। 

विद्यालयमा ४ सय ७८ जना विद्यार्थी छन्। जसमध्ये २ सय ३१ छात्र र २ सय ४७ छात्रा रहेका छन्। विद्यालय गाउँमा छ। अभिभावकमा शिक्षाप्रति चासो नहुँदा विद्यालयलाई शैक्षिक सुधारमा चुनौती छ।

विद्यालयका निर्णय र गतिविधिहरूबारे जानकार नभएकाले समुदायले विद्यालयको शैक्षिक सुधारका लागि चासो नदेखाएका हुन्। अब यो बोर्डमार्फत सूचना प्रवाह भएपछि सबै अभिभावकले चासो देखाउने अभिभावक  बिर्ख बुढाले बताए। 

विद्यालयको आफ्नै लगानीमा डिजिटल बोर्डको व्यवस्थापन गरिएको उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम छिरिङ लामाले बताए।

विद्यालयको हरेक गतिविधि र निर्णयहरू शिक्षकले बिहानको लाइन र कक्षा कोठामा सुनाउने गरेका छन्। सबै सूचना र गतिविधि बोर्डमार्फत देख्न पाइने भएपछि विद्यार्थी हर्षित भएको बुद्ध बाल क्लब अध्यक्ष छिरिङ नर्ब लामाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.