जलवायु परिवर्तन ? खुसी हुनुपर्ने कारण पनि छन्

जलवायु परिवर्तन ? खुसी हुनुपर्ने कारण पनि छन्
सुन्नुहोस्

जलवायु परिवर्तनसँग सम्बन्धित नराम्रा खबर धेरै सुनिन्छन्। हिमालमा हिउँ पर्न छाडेको, हिमताल हराएको र तापक्रम बढ्दै गएको खबरले चिन्ता छ। तर, यस्तै अवस्थासँग जुध्नुपर्ने बाध्यता पनि छ। त्यसैले वैज्ञानिकहरू भन्छन्, ‘अनुकूलनको योजना बनाउनुपर्छ। जस्तो अवस्था आयो, त्यसमा नै सामेल हुँदै जिउनुपर्छ।’

वैज्ञानिकहरूका अनुसार यो वर्षको १२ महिना १ लाख २५ हजार वर्षयताकै सर्वाधिक तातो हुनेछ र त्यसको प्रभाव पृथ्वीमा सबैतिर पर्नेछ। तर, जलवायु परिवर्तन र त्यसले पार्ने प्रभावबाट हामी आशावादी बन्नुपर्ने केही कारणहरू पनि छन्। तीमध्ये केहीलाई यहाँ प्रस्तुत गरिएको छ।

सौर्य क्रान्ति

अहिले यूकेका चोक तथा घरजग्गामा भित्रभित्रै शान्त रूपमा सौर्य विद्रोह चलिरहेको छ। यो वर्ष प्रत्येक महिना १७ हजार घरहरूले ब्रिटेनभरि सोलर प्यानल जडान गरेका छन्। घाम खासै नलाग्ने ठाउँहरूमा पनि मानिसहरू आफ्ना घरका छानामा सिलिकन टाँसिरहेका छन्। नोर्थ वेल्सको आइल अफ एंगल्सीमा झन्डै आठ प्रतिशत घरहरू र एबर्डिनसरमा झन्डै ६ प्रतिशत घरले सौर्य ऊर्जा प्राप्त गरिरहेका छन्। यसो हुनुमा लागत प्रमुख कारण देखिएको छ। 

अहिले बिजुलीको सबैभन्दा सस्तोस्वरूप सौर्य ऊर्जा देखिएको छ र कतिपयका अनुसार यो इतिहासकै सबैभन्दा सस्तो बिन्दुमा छ। ‘ब्लुमबर्गएनईएफ’सँग आबद्ध सोलरविज्ञ जेनी चेजका अनुसार मानिसहरूले मिलाएर राख्नुपर्ने खालका सोलर प्यानलहरू मात्रै नभई बार्दलीमा राख्न मिल्ने सोलर पनि जडान गरिरहेका छन्। जलवायु परिवर्तनसँगै संसारमा नै यस्तो खालको अभ्यास देखिएको छ। चीनले यो वर्षमात्रै अमेरिकाले विगत तीन दशकमा जडान गरेकोभन्दा बढी सौर्य प्यानल जोडेको छ।

विद्युतीय सवारी

अहिले विश्वभर नै विद्युतीय सवारी किन्ने लहर चल्दैछ। यसको बिक्री बढिरहेको छ। सन् २०२३ मा बिक्री गरिएका नयाँ सवारीसाधनमध्ये १८ प्रतिशत ब्याट्रीबाट चल्ने खालका सवारीसाधन थिए। तर, उच्च मूल्य र विद्युतीय सवारीसाधनको क्षमता अहिलेका वास्तविक अवरोध हुन्।

ऊर्जा सस्तो भएको समयमा कारलाई चार्ज गर्ने र महँगो भएका बेला त्यसलाई बिक्री गरी नाफा लिने उद्देश्य पनि विश्वका मुलुकहरूले राखेका छन्। आफ्नै सोलर प्यानलबाट कार चार्ज गर्दा निःशुल्क प्राप्त हुने यो ऊर्जा राम्रो नाफा हुने गरी बिक्री गर्न सक्ने परीक्षणहरूले देखाएका छन्।

ठूला ब्याट्रीमा लगानी

विश्वका विभिन्न मुलुकमा ठूला क्षमताका ब्याट्री केन्द्रहरूको विस्तार द्रुत गतिमा भइरहेको छ। यूकेमा एउटा त्यस्तो केन्द्र छ जुन १० महिनामा तयार भएको थियो। त्यसले तीन लाख घरमा दुई घण्टा बिजुली दिन सक्छ र त्यो युरोपको ठूलोमध्येमा पर्छ। यो तहको भण्डारणको लागत कम हुँदै गएको र विज्ञहरूले यसै दशकको अन्त्यसम्ममा यूकेका १ करोड ८० लाख घरमा विद्युत् आपूर्ति गर्न सक्ने ब्याट्रीहरू हुने ठानेका छन्। त्यो वृद्धिको दर अभूतपूर्व हो।

विज्ञहरूका अनुसार विद्युत् उत्पादनमा कार्बन उत्सर्जनको मात्रालाई नेट जिरोमा ल्याउनलाई ब्याट्रीहरूको भूमिका प्रमुख हुन्छ।

न्यायालयको भूमिका

अदालतहरूबाट आएको स्पष्ट दृष्टिकोण पनि जलवायु परिवर्तनबारे उत्साहित हुनुपर्ने अर्को कारण हो। अबको १२ महिनामा कैयौं जलवायुसम्बन्धी मुद्दाहरूमा निर्णय हुँदै छ। न्यायाधीशहरूले जुनसुकै ढंगले निर्णय दिए पनि अदालतको आदेशमा के वैधानिक हो र तापक्रम बढाउन को जिम्मेवार छ भन्ने निर्णय आउनेछ।

जलवायु परिवर्तनसम्बन्धी इतिहासकै ठूलो कानुनी लडाइँ अमेरिकामा चलिरहेको छ। त्यहाँ ओरिगनको मल्ट्नोमा काउन्टीले कैयौं तेल र ग्यास उत्पादकहरूविरुद्ध सन् २०२१ मा भीषण गर्मी गराएको भन्दै ५२ अर्ब डलर क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेको छ। यदि उनीहरूले जितेको खण्डमा त्यसको ठूलो कानुनी र वित्तीय प्रभाव हुनेछ। 

ऐतिहासिक इतिहास

जलवायुबारे उत्साहित हुनुपर्ने पाँचौं आधार भनेको इतिहास हो। यो चुनौतीलाई ऐतिहासिक दृष्टिकोणबाट हेर्दा त्यसले छोटो अवधिमा नै कति धेरै प्रगति भयो भन्ने देखाउँछ। आठ वर्षअघि मात्रै पेरिस जलवायु सम्झौतामा हस्ताक्षर भएको थियो। त्यस बेला त्यो महŒवपूर्ण दस्तावेजमा कोइला, तेल र ग्यासको कतै पनि चर्चा थिएन। यी हाम्रो पृथ्वीमा तापमान वृद्धि गराउने ग्यासका प्रमुख स्रोत हुन्।

कोप—२८ मा विश्वभरिका वार्ताकारहरू भेला हुँदा यी इन्धनको प्रयोग कुनै स्वरूप वा आकारमा यसै शताब्दीमा अन्ततः रोक्नेमा सहमति हुन सक्ने वास्तविक आशाहरू व्यक्त भएका छन्। त्यसले जलवायु परिवर्तनको मूल कारणलाई सम्बोधन गर्न र हाम्रो सबैभन्दा ठूलो सामूहिक जोखिमसँग पराजित गर्ने अवसर विश्वसँग छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.