साउदीबाट भूकम्पपीडितलाई सहयोग

साउदीबाट भूकम्पपीडितलाई सहयोग
फाइल तस्बिर।
सुन्नुहोस्

साउदी : जाजरकोटका भूकम्प प्रभावितलाई रियादमा रहेको उपकारी नेपाली समूह साउदी अरेबियाले राहतस्वरूप ब्ल्यांकेट प्रदान गरेको छ। उक्त समूहले  ३ लाख ४४ हजार रुपैयाँ बराबरका ब्ल्यांकेट वितरण गरेको हो।

जाजरकोट जिल्लाको कुशे गाउँपालिका– ५ दमदालाका स्थानीयलाई न्यानो लुगासहित १ सय ४१ वटा ब्ल्यांकेट वितरण गरेको हो। विदेशमा बसेका नेपालीले चिसोमा पीडितहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले ब्ल्यांकेट वितरण गरिएको उपकारी नेपाली समूह साउदीका अध्यक्ष खेमराज भट्टले बताए। 

उक्त सहयोग अभियानमा पारिवारिक समाज साउदी अरबले ५२ हजार, कास्की आदर्श सेवा समाजले ५२ हजार, सुदूरपश्चिमेली नेपाली समाजले ४० हजार तथा उपकारी नेपाली समूहले २ लाख रुपैयाँ सहयोग गरेका थिए। उक्त रकमबाट ब्ल्यांकेट किनेर डँडेलधुराकी गीता भट्टको समन्वयमा वितरण गरिएको हो। 

त्यस्तै, साउदीमा रहेको नेपाली साझा मञ्चले समेत जाजरकोट भूकम्प प्रभावित क्षेत्र कुशे नानघाटका जनताका लागि राहतस्वरूप ४२ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.