मधेसको बागडोर एमालेले लिने नेता यादवको उद्घोष
महोत्तरी : नेकपा एमाले मधेस प्रदेशका संसदीय दलका नेता सरोज यादवले मधेसको बागडोर आफ्नो पार्टीले लिने बताएका छन्। शनिबार गौशालामा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई स्वागत गर्दै उनले प्रदेशलाई शक्तिशाली बनाउन एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताए।
जसपा नेतृत्वको वर्तमान सरकारले जनमैत्री कार्य गर्न नसकेको आरोप लगाउँदै उनले प्रदेशमा विकासका गति चलायमान बनाउन एमालेको सरकार बन्नुपर्ने बताए।
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको संघीय सरकारले देशमा बढिरहेको चरम आर्थिक मन्दी, अनियमितता र भ्रष्टाचारजस्ता अराजकतालाई न्युनट्ठकरण गर्न नसकेको बताए।