खुला ठाउँमा राखिएको ट्रान्सफर्मरबाट करेन्ट लाग्दा बालिका गम्भीर घाइते

खुला ठाउँमा राखिएको ट्रान्सफर्मरबाट करेन्ट लाग्दा बालिका गम्भीर घाइते

डोल्पा : डोल्पामा करेन्ट लागेर बालिका गम्भीर घाइते भएकी छन्। मुख्य सडक नजिकै खुला ठाउँमा राखिएको ट्रान्सफर्मरबाट करेन्ट लागेर ठुलीभेरी नगरपालिका-७  की ८ वर्षीया साजना शाही गम्भीर घाइते भएकी डीएसपी शिव बुढाथोकीले जानकारी दिए।

आज दिउँसो करिब १ बजेतिर दारिम बिसौनामा विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रले खुला रूपमा राखेको ट्रान्सर्फमरको नांगो तार समाउँदा बालिकालाई करेन्ट लागेको हो। खेल्ने क्रममा ट्रान्सर्फमरबाट निस्केको नाङ्‍गो तार समाउँदा करेन्ट लागेको वडा नम्बर ८ का अध्यक्ष मनराम ठकुल्लाले बताए।

घाइते बालिकासँगै एक दर्जन बालबालिका पनि सँगै गएको र पछि बालबालिका चिच्याएर खबर गरेपछि थाहा भएको उनको भनाइ छ। घाइते बालिकाको उपचारका लागि जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको र थप उपचारका लागि काठमाडौं रिफर गरिएको डाक्टर अखन्ड उपाध्यायले जानकारी दिए।

विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रको लापरबाहीले डोल्पामा घटनाहरू पटकपटक दोहोरिने गरेको समेत पाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.